सीमा मुद्दाहरूमाथि बातचितको निम्ति चीनका विदेश मन्त्री वाङ यी भारत जाने
सीमा मुद्दाहरूमाथि बातचितको निम्ति चीनका विदेश मन्त्री वाङ यी भारत जाने


बेजिङ, 16 अगस्त (हि.स.)। चीन-भारत सीमा विवादमा विशेष प्रतिनिधिहरूबीच 24औं चरणको वार्ताको निम्ति चीनका विदेश मन्त्री र विशेष प्रतिनिधि वाङ यी 18 देखि 20 अगस्तसम्म भारतको दौड़ाहमा जानेछन्।

यस सम्बन्धमा चीनी विदेश मन्त्रालयका प्रवक्ताल बताए, यो दौड़ाह भारतीय पक्षको निमन्त्रणमा भइरहेको छ। वाङ यी, जो चीनी कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य पनि हुन्, उनले सीमा मुद्दामा भारतको विशेष प्रतिनिधिको साथ विस्तृत चर्चा गर्नेछन्। यो वार्ता दुवै देशबीच विश्वास निर्माण र सीमा क्षेत्रहरूमा स्थिरता बनाइ राख्ने दृष्टिकोणले महत्वपूर्ण मानिन्दैछ। सीमा वार्ताको यो श्रृंखला दुवै देशबीच लामो समयदेखि चल्दै आइरहेको सीमा विवादको शान्तिपूर्ण समाधानको दिशामा एक निरन्तर प्रयास हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande