भीषण गर्मीसित जुझिरहेछ स्पेन, 20 ठूला जंगलको आगो निभाउन उर्लिए सैनिक
भीषण गर्मीसित जुझिरहेछ स्पेन, 20 ठूला जंगलको आगो निभाउन उर्लिए सैनिक


विलार्देवोस, 18 अगस्त (हि.स.)। स्पेनमा भीषण गर्मीले राहत कार्यहरूलाई कठिन बनाएको छ, जहाँ यस समय 20 ठूला जंगलमा आगो लागेको छ। आइतवार सरकारले स्थितिलाई सम्हाल्न सेनाको आपात एकाईबाट अतिरिक्त 500 सैनिक तैनाथ गऱ्यो।

उत्तर-पश्चिमी क्षेत्र गैलिसियामा धेरै ठाउँ एकसाथ आगो लागेर एक विशाल अग्निकाण्डमा परिणत भयो। यसले गर्दा हाईवे र रेल सेवाहरूलाई बन्द गर्नुपऱ्यो। स्पेनको राष्ट्रिय मौसम एजेन्सी (एईएमईटी) केही क्षेत्रहरूमा तापक्रम 45 डिग्री सेल्सियससम्म पुग्नसक्ने चेताउनी दिएको छ।

दक्षिणी यूरोप यस समय गत 20 वर्षको सबैभन्दा खराब वाइल्डफायर सीजन झेलिरहेको छ। केवल गत हप्तामै स्पेनमा तीन जनाको मृत्यु भइसकेको छ र अहिलेसम्म 1.15 लाख हेक्टर जंगल जलेर खरानी भइसकेको छ। छिमेकी देश पुर्तगाल पनि व्यापक आगोसित जुझिरहेको छ।

प्रधानमन्त्री पेद्रो सांचेजले भने, भावी दिन चुनौतीपूर्ण हुनेछ र दुर्भाग्यले मौसम हाम्रो पक्षमा छैन। सेनाको कूल तैनाती बढ़ाएर 1,900 सैनिक गरिएको छ।

आपात सेवाहरूको महानिदेशक वर्जीनिया बारकोनेसले सरकारी टीवीमा भने, मंगलवारदेखि तापक्रम घट्ने अनुमान छ तर अहिलेको परिस्थितिहरू अत्यन्तै प्रतिकूल छन्। आज अत्यधिक गर्मी छ र आगलागी चरममा पुगेको छ, जसबाट निभाउने प्रय़ास अत्यन्तै कठिन भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande