मुम्बई, 16 अगस्त (हि.स.)। मुम्बई शहर अप नगरहरूमा शुक्रवार रातिदेखि लगातार मूसलधारे पानी परिरहेकोले धेरै तल्ला क्षेत्रहरूमा पानी जमा हुने स्थित उत्पन्न भएको छ। विक्रोलीको पार्क साइट क्षेत्रमा पैह्रोले एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ भने दुई जना घाइते भएको खबर छ।
मौसम विभागले आज शनिवारको निम्ति वर्षाको रेड अलर्ट जारी गरेको छ। मुम्बई शहर र उपनगरहरू, ठाणे, पालघर, रायगढ़, रत्नागिरी र सिन्धुदुर्गमा भारी वर्षाको पूर्वानुमान छ। जसबाट सम्बन्धित एजेन्सीहरूलाई सतर्क रहने निर्देश दिइएको छ।
मुम्बईमा शुक्रवार रातिदेखि मूसलधारे पानी परिरहेको छ। अन्धेरी सबवे, दादर गान्धी मार्केट जस्ता तल्लो क्षेत्रहरू जलमग्न भएको खबर छ। यसबाट सड़क यातायात प्रभावित भएको छ। विलेपार्लेका तल्लो क्षेत्रहरूमा घरहरूमा पानी पस्दा जनजीवन प्रभावित भएको छ। केही ठाउँहरूमा रेल लीकमा पानी भर्दा सेन्ट्रल रेलवेको लोकल ट्रेनहरू 15 देखि 20 मिनट ढिलो कुदिरहेका छन्।
विक्रोली पार्क साइटमा वर्षा नगरको जन कल्याण सोसाइटीमा पैह्रोले एक झोपड़ीमा ढुंगा झऱ्यो। यस दुर्घटनामा चार जना घाइते भए। उनीहरूलाई घाटकोपरको राजावाड़ी अस्पताल पुऱ्याइयो। जहाँ दुई जनाको मृत्यु भयो र दुई जना अस्पतालमा भर्ती छन्। मृतकहरूमा शालू मिश्रा (19) र सुरेश मिश्रा (50) सामेल छन्। आरती मिश्रा (45) र ऋतुराज मिश्रा (20) को उपचार चलिरहेको छ।
मुम्बई र उपनगरहरूमा शुक्रवार रातिदेखि शनिवार बिहानसम्म भारी वर्षा दर्ता गरिएको छ। विक्रोलीमा 248.5 मिमी, सान्ताक्रुज- 232.5 मिमी, सायन- 221 मिमी, जुहू- 208 मिमी, बान्द्रा- 173 मिमी, भायखला- 158.5 मिमी, चेम्बूर- 127.5 मिमी र कोलाबामा 70.4 मिमी वर्षा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी