राष्ट्रपतिले अमृत उद्यानमा प्लूमेरिया गार्डन, बैनियन ग्रोव र बैबलिङ ब्रुकको उद्घाटन गरिन्
गार्डन


नयाँ दिल्ली, 16 अगस्त (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवन परिसर स्थित अमृत उद्यानमा तीन नयाँ आकर्षण प्लूमेरिया गार्डन, बैनियन ग्रोव र बैबलिङ ब्रुकको शनिवार औपचारिक उद्घाटन गरिन्।

प्लूमेरिया गार्डनलाई विशेष रूपमा घाँसको पहाड़हरू र सुसज्जित बिरूवाहरूको ओछ्यानले सजाइएको छ, जसले दर्शकहरूलाई प्राकृतिक सौन्दर्य र शान्ति प्रदान गर्दछ। बैनियन ग्रोवमा रिफ्लेक्सोलोजी पथ, पंचतत्व ट्रेल्स र वन प्रेरित ध्वनि वातावरणको विशेष व्यवस्था गरिएको छ, जसबाट यो स्थान ध्यान र आत्मचिन्तनको निम्ति उपयुक्त बनेको छ। यसका साथै बैबलिंग ब्रुकमा जलप्रपात, कलात्मक जलधाराहरू, ढुंगाका बाटो र एक अग्लो परावर्तित जल कुण्ड सामेल छ, जसले दर्शकहरूलाई जल-आधारित सौन्दर्यको अनुभूति गराउँदछ।

राष्ट्रपति भवनको एक बयानमा बताइयो, यी तीनै स्थल अब ‘अमृत उद्यान’ को हिस्सा बनेका छन्, जुन आम जनताको निम्ति 14 सेप्टेम्बरसम्म खुल्ला रहनेछ। राष्ट्रपति भवनमा तयार गरिएका यी प्राकृतिक स्थलहरूको उद्देश्य न केवल पर्यावरणीय जागरूकता बढ़ाउनु हो तर आगन्तुकहरूलाई शान्ति, सौन्दर्य र प्रकृतिको नजिक ल्याउने अवसर प्रदान गर्नुपनि हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande