नयाँ दिल्ली, 16 अगस्त (हि.स.)। भारतरत्न पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको पुण्यतिथिमा शनिवार राजधानी दिल्लीस्थित उनको समाधि ‘सदैव अटल’ मा राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी सहित धेरै वरिष्ठ नेताहरूले श्रद्धाञ्जलि अर्पित गरे। यस अवसरमा लोकसभा अध्यक्ष ओम बिरला, रक्षा मन्त्री राजनाथ सिंह, भाजपाका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डा, राज्यसभाका उपसभापति हरिवंश, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र अन्य गणमान्य नेताहरू उपस्थित रहे।
केन्द्रिय मन्त्रीहरू किरेन रिजिजू, गजेन्द्र सिंह शेखावत र जद(यू) सांसद संजय झा ले ‘सदैव अटल’ मा गएर उनलाई नमन गरे। पूर्व प्रधानमन्त्री वाजपेयीकी दत्तक पुत्री नमिता कौल भट्टाचार्यले पनि श्रद्धाञ्जलि अर्पित गरिन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा आफ्नो सन्देशमा लेखेका छन्, सबै देशवासीहरूको तर्फबाट पूर्व प्रधानमन्त्री भारत रत्न अटल बिहारी वाजपेयीलाई उनको पुण्यतिथिमा सादर नमन। राष्ट्रको चौतर्फी विकासलाई लिएर उनको समर्पण र सेवाभाव विकसित र आत्मनिर्भर भारतको निर्माणमा योगदानको निम्ति हरेकलाई प्रेरित गर्नेवाला हो।
रक्षा मन्त्री राजनाथ सिंहले एक्समा लेखेका छन्, म अटलजीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जलि अर्पित गर्दछु। उनले जीवनभरि एक सशक्त र समृद्ध भारतको निर्माणको निम्ति कार्य गरे। राष्ट्रले उनको अभूतपूर्व योगदानलाई सदैव याद राख्नेछ।
भाजपा अध्यक्ष जेपी नड्डाले आफ्नो एक्स पोस्टमा भनेका छन्, असंख्य कार्यकर्ताहरूको प्रेरणास्रोत, सुशासनका आदर्श प्रतिमान, पूर्व प्रधानमन्त्री, 'भारत रत्न' श्रद्धेय अटल बिहारी वाजपेयीजीको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पित गर्दछु। उनले सशक्त, समृद्ध र स्वावलम्बी भारतको निर्माणको निम्ति आफ्नो जीवन समर्पित गरे।
हिन्दुस्थान समाचार / भवानी थामी