गुवाहाटी, 16 अगस्त (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले आगामी विजया दशमीमा आफ्नो स्थापनाको 100 वर्ष पूरा गर्नेछ। यस जन्मशताब्दी वर्षमा वर्षभरि विभिन्न गतिविधिहरू मार्फत शताब्दी वर्ष मनाइनेछ। शनिवार पत्रकार सम्मेलनमा संघले आयोजना गर्ने कार्यक्रमबारे आरएसएस अखिल भारतीय सह प्रचार प्रमुख प्रदीप जोशीले यो जानकारी दिएका हुन्।
प्रदीप जोशीले बताए, आगामी विजया दशमीदेखि वर्ष 2026 को विजया दशमीसम्म वर्षभरि संघले जन्मशताब्दी मनाउन देशभरि धेरै कार्यक्रमहरूको आयोजना गर्नेछ। यी कार्यक्रमहरूमध्ये केही संघका आन्तरिक कार्यक्रमहरू हुन् भने अन्य कार्यक्रमहरू सामूहिक कार्यक्रमहरू हुनेछन्। उनले पत्रकारहरूलाई भने, जन्मशताब्दी मनाउन संघले देशभरि चार वटा संगठनात्मक कार्यक्रमहरूको आयोजना गर्नेछ। यसमा गणवेष कार्यक्रम, घर-घर सम्पर्क कार्यक्रम, संघका स्वयंसेवकहरूद्वारा सबै वर्तमान र पूर्व स्वयंसेवकहरूलाई पत्र पठाउने र 7 दिने शाखा कार्यक्रम समावेश छन्।
संघको यस संगठनात्मक कार्यक्रम बाहेक संघद्वारा चार सामाजिक तथा सामूहिक कार्यक्रमहरूको आयोजना गरिनेछ। यसमा एक ठूलो हिन्दू सम्मेलन आयोजना गर्ने, ब्लक स्तरमा सामाजिक सम्मेलन गर्ने, समाजका प्रत्येक वर्गका प्रमुख जनगोष्ठ र दल-संगठनका नेताहरूसँग छलफल सभा आयोजित गर्नु र देशका 40 वर्षका युवा शक्तिको कौशल विकास गरी उनीहरूलाई आ-आफ्नो कार्यक्षमताले देश सेवाको निम्ति प्रेरित गर्ने प्रय़ास गर्न सामेल छ।
उनले भने, देशलाई विश्वको तेस्रो ठूलो अर्थतन्त्रको स्तरमा पुर्याहउन यो युवा शक्तिले आफ्नो दक्षताका साथ अगाड़ी बढ्नुपर्नेछ। आफ्नो सम्बोधनको क्रममा, अमेरिकाले भारतमाथि लगाएको 50 प्रतिशत शुल्कको परिणामस्वरूप भारतले अब के कदम चाल्नुपर्छ भन्ने विषयमा टिप्पणी गर्दै उनले भने, गान्धीजीले पनि स्वदेशी अपनाउने कुरा गरेका थिए अर्थात् स्वदेशमा निर्मित सामग्री प्रयोग गर्नबारेमा। आज पनि सरकारले 'भोकल फर लोकल', आत्मनिर्भर भारतको कुरा गरिरहेको छ। त्यसैले, हामीले यही बाटोमा अगाड़ी बढ्नुपर्नेछ र देशलाई आत्मनिर्भर बनाउनुपर्नेछ।
अर्कोतर्फ, स्वतन्त्रता दिवसमा लाल किल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले आरएसएसको प्रशंसा गर्दा विपक्षले गरेको आलोचना सम्बन्धी पत्रकारहरूको प्रत्यक्ष प्रश्नको जवाफमा जोशोले भने, आलोचना गर्नु विपक्षीको काम हो। प्रधानमन्त्री आफै एक स्वयंसेवक हुन्, त्यसैले उनले संघको प्रशंसा गर्नु स्वाभाविक हो। साथै, संघका विभिन्न सहयोगी संस्थाहरूले संघको उद्यम मार्फत आज राष्ट्र निर्माणको लागि निरन्तर काम गरेका छन्। संघका स्वयंसेवकहरूले स्वास्थ्य, शिक्षा, सामाजिक, कृषि लगायत विभिन्न क्षेत्रमा देशलाई साँच्चै अगाड़ी बढाउन विगत 100 वर्षदेखि काम गर्दै आएका छन् र अनन्त कालसम्म काम गरिरहनेछन्।
पत्रकारहरूको प्रश्नको जवाफमा जोशीले भने, अवैध बसाइँसराइको समस्या असम र सम्पूर्ण देशको लागि चिन्ताको विषय बनेको छ। यो समस्याको समाधानको निम्ति संघले आउने समयमा समाजका हरेक वर्गसँग मिलेर काम गर्नेछ।
संघका कार्यकर्ताहरूले 1950 देखिकै असममा काम गर्दै आएका छन्। भविष्यमा संस्था आफ्नो काम सय प्रतिशत ब्लक स्तरमा विस्तार गर्न र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ।
यस अवधि क्षेत्र मुख्यालय गुवाहाटीस्थित सुदर्शनालयमा आयोजित संवाददाता सम्मेलनमा संघका क्षेत्र प्रचार प्रमुख डा. सुनील मोहन्ती र उत्तर असम क्षेत्रका प्रचार प्रमुख किशोर शिवम उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी