नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ताले 1925 मै विट्ठल भाई पटेल केन्द्रिय विधानसभाको पहिलो निर्वाचित अध्यक्ष (स्पीकर) थिए, यो उनको शताब्दी वर्ष हो, यसको उपलक्ष्यमा एक विशेष डाक टिकट जारी गरिने बताएका छन्। 24 अगस्तमा केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले यो डाक टिकट जारी गर्नेछन्। यस अवसरमा केन्द्रिय संचार मन्त्री ज्योतिरादित्य सिन्धिया पनि उपस्थित रहनेछन्। संचार मन्त्रालय एवं इण्डिया पोस्टको सहयोगले जारी हुने यो विशेष डाक टिकट विट्ठलभाई पटेलको महान संसदीय विरासत र उनको असधाराण योगदानलाई राष्ट्रको तर्फबाट शताब्दी श्रद्धाञ्जलि स्वरूप प्रस्तुत गर्नेछ।
विजेन्द्र गुप्ताको तर्फबाट आइतवार जारी एक विज्ञप्तीमा भनिएको छ, यो विमोचन विट्ठलभाई झावेरभाई पटेलको दूरदर्सी संसदीय योगदान र राष्ट्र-निर्माणमा उनको एतिहासिक भूमिकाको सम्मानमा गरिँदैछ। स्वतन्त्रता संग्रामका एक अग्रणी योद्धा र प्रखर संसदीय नेताको रूपमा उनले 24 अगस्त 1925 मा इतिहास रच्दै केन्द्रिय विधानसभाको अध्य़क्ष पदको शोभा बढ़ाए। उनको कार्यकालको विशेषता रह्यो- निष्पक्षता, संसदीय प्रक्रियाहरूप्रति अटूट आस्था, विधायिकाको स्वतन्त्रताको रक्षा, सशक्त बहसको संस्कृतिलाई बढ़ाउनु र लोकतान्त्रिक मूल्यहरूको सर्वोच्च प्रतिष्ठा। यस अगाड़ी 27 सेप्टेम्बर 1973 मा पनि उनको जन्म शताब्दीको अवसरमा एक डाक टिकट जारी गरिएको थियो, जुन राष्ट्रद्वारा उनको अतुलनीय सेवाहरूप्रति सम्मानको प्रतीक हो।
गुप्ताले बताए, विट्ठलभाई पटेलको शताब्दीमा आयोजित यो विमोचन, आगामी अल इण्डिया स्पीकर्स कन्फ़्रेन्स 2025 को एक महत्वपूर्ण हिस्सा हुनेछ। यस सम्मेलनमा देशभरिका विधानसभाहरू र विधान परिषदहरूका सभापति, उपसभापति, अध्यक्ष एवं उपाध्यक्षले भाग लिनेछन्। सम्मेलनमा संविधानको आधार, लोकतान्त्रिक संस्थाहरूको विकास तथा संसदीय कार्यप्रणालीमा कृत्रिम बुद्धिमत्ताको उपयोग जस्ता महत्वपूर्ण विषयहरूमाथि छलफल हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी