बिहारको रोहतासमा राहुल गान्धीले भने- यो संविधान बचाउने लड़ाई हो
राहुल


डेहरी आन सोन, 17 अगस्त (हि.स.)। बिहारमा गहन मतदाता पुनरीक्षण विरूद्ध राहुल गान्धीको 'भोट अधिकार यात्रा' आइतवार रोहतास जिल्लाको डेहरी आन सोन स्थित सुआरा हवाई अड्डाबाट शुरू भयो। यस अवधि एक जनसभालाई सम्बोधित गर्दै उनले भने, यो संविधान बचाउने लड़ाई हो। भाजपा देशभरिमा संविधान मेटाउनमा लागिपरेको छ। जहाँ पनि चुनाउ हुन्छ, भाजपा जित्छ।

राहुल गान्धीले भने, ओपिनियन पोलले भनिरहेको थियो, महाराष्ट्रमा महागठबन्धनले चुनाउ जित्नेछ। लोकसभामा महागठबन्धनले जित्छ तर चार महिनामा त्यही क्षेत्रमा हामी हार्छौं। हरेक चुनाउमा भाजपाले भोट चोरीरहेको छ। हामीले पत्तो लगाउँदा थाहा लाग्यो कि लोकसभा चुनाउपछाड़ी इलेक्शन कमिशनको जादूले एक करोड़ फर्जी भोट आयो।

उनले भने, बिहारवासीले भोट चोर्न दिनेछैनन् किनभने गरीब-कमजोर मानिसहरूसित केवल भोटको अधिकार छ। आयोगले जे भनिरहेको छ, त्यो सबैलाई थाहा छ। इलेक्शन कमीशनलाई हामीले यो गर्न दिनेछैनौं। राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को सरकारले अरबपतिहरूको साथ मिलेर सरकार चलाउँछ। तपाईको पूरा धन 5-6 अरबपतिहरूलाई दिइन्छ।

यस अवसरमा बिहार विधानसभामा नेता प्रतिपक्ष तेजस्वी यादवले चुनाउ आयोगमाथि सीधा हमला गरे। उनले भने, यो तपाईको भोटको साधारण चोरी नभएर सोझो डकैटी हो। यिनीहरूले बिहारीहरूलाई चूना लगाउन चाहन्छन्, तर यो बिहार हो, जहाँ चूना खैनीको साथ रगड़िन्छ। हामी कुनैपनि मूल्यमा बेइमानी हुन दिनेछैनौं।

यस अवसरमा कांग्रेसका राष्ट्रिय अध्यक्ष मलिकार्जुन खरगेले भने, यो यात्रा बिहारको 25 जिल्लामा जानेछ र 01 सेप्टेम्बरमा पटनामा विशाल ऱ्यालीको साथ यसको समापन हुनेछ। बिहार लोकतन्त्रको जन्मभूमि हो। संविधान बचाउन र लोकतन्त्र बचाउनमा सबैले सहयोग गर्नुपर्छ। सासाराम बाबू जगजीवन राम र तयसपछि मीरा कुमारको कर्म भूमि रहेको छ। कांग्रेसले मीरा कुमारलाई लोकसभाको स्पीकर बनाएऱ सम्मान दिने काम गऱ्यो। कांग्रेसले सबैलाई समान अधिकार दिन्छ। केन्द्र सरकारले भोटको अधिकार खोसिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande