रक्तदान केवल रक्त नभएर मानवतालाई समर्पित एक नयाँ जीवनदान हो- जेपी नड्डा
रक्तदान केवल रक्त नभएर मानवतालाई समर्पित एक नयाँ जीवनदान हो- जेपी नड्डा


गुरूग्राम, 17 अगस्त (हि.स.)। केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डाले रक्तदानलाई न केवल मानव जीवनलाई बचाउने कार्य हो तर यसलाई एक प्रकारको राष्ट्र सेवा पनि बताएका छन्। उनले भने, रक्तदानलाई केवल एक दानको रूपमा हेरिनु हुँदैन, यो मानवतालाई समर्पित एक नयाँ जीवनदान हो। यी कुरा नड्डाले आइतवार हरियाणाको गुरूग्रामको बहोड़ा कल स्थित ब्रह्मकुमारी ओम शान्ति रिट्रीट सेन्टरमा आयोजित विशाल रक्तदान अभियान 2025 को शुभारम्भमा भनेका हुन्।

उल्लेख्य, यो अभियान समाज सेवा प्रभाग र ब्रह्मकुमारीको दिल्ली जोनको तत्वावधानमा आयोजित गरिएको छ र यसमा भारतीय रेड क्रस सोसाइटी एवं भारतीय रक्त आधान एवं प्रतिरक्षा रक्त विज्ञान सोसाइटीको सहयोग सामेल छ। यस अभियान अन्तर्गत 22 देखि 25 अगस्तसम्म देशभरिका विभिन्न क्षेत्रहरू र शिक्षण संस्थानहरूमा रक्तदान शिविरहरूको आयोजन गरिनेछ, जसमा एक लाखभन्दा अधिक ब्लड डोनेशन यूनिटको लक्ष्य राखिएको छ।

कार्यक्रमलाई सम्बोधित गर्दै नड्डाले भने, जब कुनै व्यक्तिले रक्तदान गर्छ भने उसले केवल रगत दिँदैन तर कसैको जीवनलाई बचाउने र समाजमा मानवताको ज्योति जलाउने महान कार्य गरिरहेको हुन्छ। केन्द्रिय मन्त्रीले रक्तदानसित जोड़िएका भ्रान्तिहरूलाई हटाउनका लागि भने, मानव शरीरले हरेक तीन महिनामा नयाँ रक्तको निर्माण गर्दछ, जसको माध्यमले कुनैपनि व्यक्तिले सजिलै कुनै खाँचो परेको व्यक्तिको मद्दत गर्नसक्छ।

केन्द्रिय मन्त्रील भने, भारत सरकारले ई-रक्तकोष तयार गरेको छ, जसमा रगतसित सम्बन्धित सबै जानकारीहरूको एक महत्वपूर्ण डेटापेस तयार गरिएको छ। यसको उद्देश्य आवश्यकता परेमा रगतलाई सजिलै र शीघ्रताले खाँचो परेका मानिसहरूसम्म पुऱ्याउनु सुनिश्चित गर्नु हो। रक्तदान केवल एक दान नभएर जीवन बचाउने सर्वोच्च कार्य हो।

कार्यक्रममा विधायक बिमला चौधरी, सोशल सर्विस विंगकी चेयरपर्सन राजयोगिनी ब्रह्मकुमारी सन्तोष एवं ओम शान्ति रिट्रीट सेन्टरकी निदेशक ब्रह्मकुमारी आशा, तथा सोशल सर्विस विंगका उप चेयरपर्सन ब्रहमकुमार प्रेम सिंह एवं सोशल सर्विस विंगका नेशनल कोअर्डिनेटर बीके अवतार सहित ब्रह्मकुमारी संस्थानका अतिरिक्त महासचिव डा. प्रताप मिड्ढा बीके गिरीश, बीके प्रकाश, बीके पूनम, बीके विधात्री, बीके सरिता, बीके बीरेन्द्र सहित अन्य गणमान्य उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande