प्रधानमन्त्री मोदीले राजधानीमा गरे 11,000 करोड़ रूपियाँको दुई ठूला सड़कहरूको उद्घाटन
मोदी


नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार दिल्लीको रोहिणीमा लगभग 11,000 करोड़ रूपियाँको लागतको दुई अहम राजमार्ग परियोजनाहरूको उद्घाटन गरे।

यस अवसरमा केन्द्रिय सड़क परिवहन राजमार्ग मन्त्री नितिन गडकरी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, एलजी वीके सक्सेना, केन्द्रिय सड़क परिवहन राजमार्ग राज्य मन्त्री अजय टमटा र हर्ष मल्होत्रा, दिल्ली सरकारमा मन्त्री प्रवेश वर्मा र कपिल मिश्रा उपस्थित रहे।

कार्यक्रमको शूरूआतमा नितिन गडकरीले प्रधानमन्त्री मोदीलाई चन्दनको काठले बनेको राधा कृष्णको मूर्ति दिएर स्वागत गरे। यसपछि दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले कार्यक्रममा स्वागत भाषण दिँदै दिल्लीलाई प्राप्त तमाम सौगातहरूका लागि पीएम मोदीलाई धन्यवाद दिइन्।

हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले आफ्नो भाषणमा प्रधानमन्त्री मोदीको नेतृत्वमा विश्वमा भारत अग्रणी बनेकोमा उनको धन्यवाद दिए। उनले स्वदेशी तकनीकको उन्नत विकासको श्रेय पनि पीएम मोदीलाई दिए।

पहिलो राजमार्ग परियोजना द्वारका एक्सप्रेसवेको दिल्लीको हिस्सा हो। यो राजमार्ग 10.1 किलोमीटर लामो छ र यसलाई बनाउनमा लगभग 5,360 करोड़ रूपियाँ लाग्छ। यो राजमार्ग यशोभूमि, मेट्रोको ब्लू र अरेन्ज लाइन, भावी बिजवासन रेलवे स्टेशन र द्वारका बस डिपोसित जोड़िन्छ। यसको एक हिस्सा शिव मूर्ति स्क्वायरदेखि द्वारका सेक्टर-21 सम्म र दोस्रो हिस्सा द्वारका सेक्टर-21 देखि दिल्ली-हरियाणा बर्डरसम्म बनेको छ। यसको हरियाणाको हिस्सा मार्च 2024 मा अगावै शुरू भइसकेको छ।

दोस्रो राजमार्ग परियोजना शहरी विस्तार सड़क-II (यूईआर-II) हो, जुन अलीपुरदेखि ढिंचाऊ कलांसम्म जान्छ। यो राजमार्ग 33 किलोमीटर लामो छ र यसलाई बनाउनमा लगभग 5,580 करोड़ रूपियाँ लागेको छ। यो सड़कले दिल्लीलाई बहादुरगढ़ र सोनीपतसित जोड्दछ। यसबाट दिल्लीका सड़कहरूमा ट्राफिक कम हुनेछ र माल ओसार्ने ट्रकको आवाजाही सहज हुनेछ। यसबाट यात्रा तीव्र र सुगम हुनेछ। यसबाट दिल्लीभित्र र बाहिरी रिंग रोडमा, मुकरबा चौक, धौला कुआँ र एनएच-09 जस्ता प्रमुख स्क्वायरहरूमा ट्राफिकको बोझ कम हुनेछ। यो परियोजनाले मालको आवाजाहीलाई तीव्र र सजिलो बनाउनेछ र एनसीआर क्षेत्रमा जीवनलाई सुगम बनाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande