नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। दिल्लीको रोहिणीमा आज प्रधानमन्त्री नरेन्द्र मोदीले लगभग 11,000 करोड़ रूपियाँको लागतले बनेको दुई ठूला राजमार्ग परियोजनाहरूको उद्घाटन गरे। यस अवसरमा केन्द्रिय सड़क परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले यसलाई दिल्लीमा ट्राफिक र प्रदूषणको समस्यालाई कम गर्नमा धेरै ठूलो कदम बताए।
गडकरीले भने, यो दिन हाम्रो निम्ति गर्वको दिन हो। जब नरेन्द्र मोदी 2014 मा प्रधानमन्त्री बनेका थिए तब उनले मन्त्रालयको पहिलो बैठकमै यो स्पष्ट गरेका थिए कि भारतमा विश्वस्तरीय सड़कहरूको निर्माण हुनुपर्छ। त्यस समय दिल्लीमा भारी ट्राफिक र प्रदूषणको समस्या थियो, जसलाई मध्य नजर राखेर सरकारले एक रोडम्याप तयार पाऱ्यो। यसको पहिलो चरणमा 65,000 करोड़ रुपियाँको लागतले स़ड़क परियोजनाहरू शुरू गरियो, जसमध्ये अहिलेसम्म 48,000 करोड़ रुपियाँको काम पूरा भइसकेको छ।
गडकरीले बताए, ईस्टर्न पेरिफेरल एक्सप्रेसवे जस्ता परियोजनाहरू अनेकौं बाधाहरू भएपनि सफलतापूर्वक पूरा गरियो। यस बाहेक दिल्ली-मेरठ एक्सप्रेसवेको पनि निर्माण गरियो, जसबाट पहिले चार घण्टामा तय हुने यात्रा अब केवल 45 मिनटमा पूरा हुन्छ। यसबाट दिल्लीको ट्राफिक डायवर्ट गर्नमा ठूलो मद्दत मिलेको छ। मुकरबा चौकदेखि सोनीपत र गुरूग्रामदेखि धौला कुआँसम्मको बाटो अब सिग्नल फ्री भएको छ।
उनले बताए, यो प्रोजेक्ट 2001 मा दिल्लीको मास्टर प्लानमा सामेल गरिएको थियो तर पछिल्ला सरकारहरूले यसमाथि कुनै काम गरेनन्। पछि एनएचएआईले दिल्ली सरकारबाट यस प्रोजेक्टलाई आफ्नो हातमा लिएर काम शुरू गऱ्यो। हरियाणाका मुखमन्त्री मनोहर लाल खट्टरको अनुरोधमा द्वारका एक्सप्रेसवेको काम पनि केन्द्र सरकारले आफ्नो अधीन लियो। यी दुवै प्रोजेक्ट अत्याधुनिक तकनीकले बनाइएका छन्। यसमा एक रोड मुनि दोस्रो रोड बनेको छ र टनलमा चार लेन छ। 29 किलोमीटरको यस सड़कको यदि सिंगल लेनको लम्बाई मापियो भने यो 563 किलोमीटरको बराबर छ। यो प्रोजेक्ट आफैमा खास छ किनभने यसमा टनल, ब्रिज र मल्टी-लेवल रोड सामेल छन्।
हिन्दुस्थान समाचार / भवानी थामी