चुनाउ आयोगको निम्ति कुनै पक्ष-विपक्ष छैन, मिथ्या आरोपहरूदेखि डर लाग्दैन- मुख्य चुनाउ आयुक्त
आयोग


नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। विपक्षी दलहरूको तर्फबाट लगाइरहेको तमाम आरोपहरूबीच मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारले आइतवार एक प्रेस वार्तामा स्पष्ट गरे कि चुनाउ आयोगको निम्ति सबै राजनीतिक दल समान छन्, कुनै पक्ष वा विपक्ष छैन। उनले दोहोऱ्याए कि चुनाउ आयोगको दैलो सबैको निम्ति खुल्ला छ र मिथ्या आरोपहरूदेखि आयोग न त डराउँछ न त मतदाता प्रभावित हुन्छ।

दिल्लीको राष्ट्रिय मीडिया केन्द्रमा पत्रकार वार्तामा मुख्य चुनाउ आयुक्तले भने, मतदाता सूचीलाई अपडेट गर्नका लागि विशेष गहन पुनरीक्षणको प्रक्रिया बिहारमा शुरू गरियो। राजनीतिक दलहरूको तर्फबाट लगाइरहेको आरोपहरूमा कुमारले चिन्ता व्यक्त गर्दै भने, जिल्लाका पार्टी कार्यकर्ताहरूको वास्तविक आवाज राष्ट्रिय र राज्य स्तरका नेताहरूसम्म पुगिरहेको छैन या फेरि जानीबुझेर भ्रम फैलाउने प्रयास गरिँदैछ। मतदाताको अनुमति बिना उनीहरूको फोटोहरूको प्रयोग गरिएको शिकायत पनि पाइएको छ तर आयोग मतदाताहरूको साथ चट्टान सरह खड़ा रहनेछ। उनले भरोसा दिलाए कि चुनाउ पारदर्शिता र निष्पक्षताले सम्पन्न हुनेछ।

उनले भने, कानून अनुसार प्रत्येक राजनीतिक दलको जन्म चुनाउ आयोगको साथ पंजीकरणको माध्यमले हुन्छ। फेरि चुनाउ आयोगले एकै राजनीतिक दलहरूबीच कसेरी भेदभाव गर्नसक्छ ? चुनाउ आयोगको निम्ति सबै समान हुन्। चाहे कोही पनि कुनैपनि राजनीतिक दलको होस्, चुनाउ आयोग आफ्नो संवैधानिक कर्तव्यदेखि पछि सर्नेछैन। अहिलेसम्म 1.6 लाख बूथ लेवल एजेन्टहरूले एक ड्राफ्ट लिस्ट तयार गरेका छन्। जब हरेक बूथमा यो ड्राफ्ट लिस्ट तयार गरिँदैथियो तब सबै राजनीतिक दलहरूका बूथ लेवल एजेन्टहरूले आफ्नो हस्ताक्षरले यसलाई सत्यापित गरेका छन्। मतदाताहरूले कूल 28,370 दावी प्रस्तुत गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande