नयाँ दिल्ली, 17 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार दिल्लीको रोहिणीमा लगभग 11 हजार करोड़ रूपियाँको लागतले निर्मित द्वारका एक्सप्रेसवे र अर्बन एक्सटेन्शन रोडको उद्घाटन गरे। प्रधानमन्त्रीले यी सड़कहरूलाई दिल्लीलाई उत्तम शहर बनाउने प्रयासहरूको क्रमको हिस्सा बताए।
यस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले भने, भाजपा सरकारको निम्ति जनकल्याण सर्वोपरि छ र सुशासन हाम्रो पहिचान हो। दुवै राजमार्ग आधुनिक मानकहरूमा बनेका छन् र दिल्लीको कनेक्टिविटीलाई नयाँ दिशा दिनेछन्। दिल्लीलाई विश्व स्तरीय राजधानी बनाउनका लागि गत 11 वर्षमा भाजपा सरकारले धेरै ठूला कदमहरू उठाएको छ। पेरिफेरल एक्सप्रेसवे, विस्तृत मेट्रो नेटवर्क र अब नयाँ स़ड़कहरूले परिवहनलाई सहज र सुगम बनाएको छ। दिल्लीमा अहिलेसम्म 650 इलेक्ट्रिक बसहरू शुरू गरिएका छन् र निकट भविष्यमा यिनीहरूको संख्या 2,000 सम्म पुग्नेछ। यसले ग्रीन दिल्ली-क्लीन दिल्ली अभियानलाई अझ् बल प्रदान गर्नेछ।
प्रधानमन्त्रीले भने, दिल्ली-एनसीआरको विकास भाजपा सरकारको प्राथमिकता हो, विशेषगरी तब जब चारैतिर (दिल्ली, हरियाणा, उत्तर प्रदेश र राजस्थान) भाजपा सरकारहरू छन्। यी दुवै परियोजनाहरू दिल्ली, गुरूग्राम र पूरा एनसीआरका मानिसहरूको सुविधा बढ़ाउनमा अहम प्रमाणित हुनेछ। कार्यालय, उद्योग र कृषिसित जोड़िएको परिवहनमा तीव्रता आउनेछ र समयको बचत हुनेछ। फोहोरको पह़ाड़को समस्याले ग्रस्त मानिसहरूलाई प्रधानमन्त्रीले भने, अर्बन एक्सटेन्शन रोडको निर्माणमा लाखौं टन फोहोरको उपयोग गरिएको छ, जसबाट फोहोरको पहाड़ कम भएको छ र अपशिष्टलाई मूल्यवान संसाधनमा परिणत गरिएको छ।
यमुना नदीको सफाईको प्रयासहरूको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, अहिलेसम्म 16 लाख मीट्रिक टन माटो हटाइएको छ। उनले यसलाई दिल्लीलाई प्रदूषण र अव्यवस्थाबाट मुक्त गराउने दिशामा ठूलो कदम बताए। साथै उनले पछिल्लो सरकारमाथि आरोप लगाए कि उसले दिल्लीलाई खाड़लमा धकेलेको थियो, जसलाई बाहिर निकाल्ने कठिन काम भाजपा सरकारले गरिरहेको छ।
यही क्रममा उनले जीएसटी सुधारको उल्लेख गर्दै भने, यस दिवाली अगाड़ी देशवासीहरूले डबल बोनस पाउनेछन्। ट्याक्स दरहरूको पुनर्रचना र प्रणालीलाई सरल बनाउदा गरीब, मध्यमवर्ग, साना व्यापारी र उद्योगपति सबैलाई लाभ हुनेछ। यसको प्रारूप राज्यहरूको साथ साझा गरिएको छ र आशा छ कि उनीहरूले छिट्टै नै यसमा सहमति दिनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी