नयॉं दिल्ली, 17 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा लगभग 11 हजार करोड रूपियॉंको दुईवटा महत्वपूर्ण राष्ट्रिय राजमार्ग परियोजनाहरू, द्वारका एक्सप्रेस-वे र अर्बन एक्सटेन्शन रोड-2 (यूईआर-2) को उद्घाटन गर्नेछन्। दिउॅंसो 12 बजी दिल्लीको रोहिनीमा आयोजित यस कार्यक्रममा प्रधानमन्त्री जनसमूहलाई सम्बोधित गर्नेछन्।
प्रधानमन्त्री मोदीले आज जुन दुई महत्वपूर्ण राष्ट्रिय राजमार्ग परियोजनाहरूको उद्घाटन गर्नेछन्, त्यसलाई दिल्ली र छेउछाउका क्षेत्रहरूमा सुगम यातायात र यात्रा समय कम गर्ने उद्देश्यले तयार गरिएको हो। यो करिडोरले दिल्लीलाई जामबाट राहत दिनेछ र 40 मिनटमा आईजीआई एयरपोर्ट पुर्याउने छ। यसले एनसीआर र चण्डीगढ यात्रा सहज हुनेछ।
यसका साथै प्रधानमन्त्रीले दिल्लीको अलीपुरबाट दिघांव कलांसम्म र बहादुरगढ र सोनीपतलाई जोड्ने नयॉं लिंक मार्गहरूको पनि उद्घाटन गर्नेछन्। यो मार्गले दिल्लीको इनर र आउटर रिंग रोड, मुकरबा चौक, धौला कुआं र राष्ट्रिय राजमार्ग 09 मा यातायातलाई दबाउ कम गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी