भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला स्वदेश फर्किए, दिल्ली एयरपोर्टमा भव्य स्वागत
भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला स्वदेश फर्किए


भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला स्वदेश फर्किए


नयॉं दिल्ली, 17 अगस्त (हि.स.)। नासाको एक्सिओम-4 अन्तरिक्ष मिशनका पायलट एवं भारतीय वायुसेनाका ग्रुप क्याप्टन शुभांशु शुक्ला अमेरिकाबाट आइतवार बिहान भारत फर्किएपछि भव्य स्वागत गरिएको छ। उनको साथमा गगनयान मिशनका ब्याकअप अन्तरिक्ष यात्री प्रशान्त बालकृष्णन नायर पनि फर्किएका छन्।

दिल्ली एयरपोर्टमा केन्द्रिय विज्ञान एवं प्रौद्योगिकी राज्य मन्त्री डा. जितेन्द्र सिंह, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र ठूलो संख्यामा विद्यार्थीहरूले शुभांशु र नायरलाई स्वागत गरे।

शुभांशु शुक्ला स्वदेश फर्किएको विषयलाई लिएर केन्द्रिय विज्ञान् एवं प्रौद्योगिकी राज्य मन्त्री डा. जितेन्द्र सिंहले सोशियल मिडिया प्लेटफर्ममा लेखे, भारतका अन्तरिक्ष गौरवले भारतीय धरती छोयो, किनकि भारत माताका प्रतिष्ठित सपूत, गगनयात्री शुभांशु शुक्ला आज बिहान दिल्ली आइपुगे।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पनि आफ्नो सोशियल मिडिया प्लेटफर्ममा शुभांशु शुक्ला स्वदेश फर्किएकोमा खुशी व्यक्त गर्दै यससॅंग सम्बन्धित फोटोहरू साझा गरेकी छन्।

शुभांशु शुक्लाले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्न सक्ने बताइएको छ। यसपछि, उनी आफ्नो गृहनगर लखनउ प्रस्थान हुनेछन्।

शुभांशु शुक्ला नासाको एक्सिओम-4 निजी अन्तरिक्ष मिशनको हिस्सा थिए। अभियान 25 जूनमा अमेरिकाको फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट शुरू भएको थियो र 26 जूनका दिन आईएसएससॅंग जोडियो। 18 दिनको मिशनमा उनले आफ्ना अन्य अन्तरिक्ष सहयोगीहरूसॅंग 60 भन्दा धेरै प्रयोग र 20 जनसम्पर्क सत्र गरे। शुभांशु 15 जुलाईमा धरतीमा फर्किएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande