धर्मशाला, 02 अगस्त (हि.स.)। कांगड़ा जिल्लाको इन्दौरामा एउटा आवासीय घरबाट हेरोइन र मादक क्याप्सूल जफत गरिएको मामिलामा आरोपीलाई दोषी ठहर गर्दै न्यायालयले 3 सालको कठोर जेल साथै 10 हजार हरिवानाको सजाय सुनाएको छ।
उल्लेख्य, नूरपुर जिल्ला पुलिसको नूरपुर थाना अन्तर्गत 28 मई, 2018 मा आरोपी उत्तम चन्दलाई भदरोया, इन्दौराबाट पक्राउ गरिएको थियो। आरोपीबाट 21.5 ग्राम हेरोइन, 613 प्रोवोन स्पास क्याप्सुल र तीन हजार रूपियॉं बरामद गरिएको थियो। यस मामिलामा आरोपी विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको थियो।
पुलिसले आरोपीलाई पक्राउ गरेर चार्जशीट पेश गरेको थियो। अतिरिक्त जिल्ला एवं सत्र न्यायालय नूरपुरले मामिलाको सुनवाई गर्दै आरोपी उत्तम चन्दलाई तीन वर्षको कठोर कारावास र 10 हजार रूपियॉंको सजाय सुनाएको छ।
एसपी कांगड़ा अशोक रत्नले भने, आरोपी उत्तम चन्द एक कुख्यात तस्कर हुन्। उनी विरुद्ध आठ मामिला दर्ता छन्, जसको सुनवाई विभिन्न न्यायालयहरूमा विचाराधीन छन्।
हिन्दुस्थान समाचार / भवानी थामी