घरको छप्परमा बसेको गार्डलाई गोली दागियो, अस्पतालमा भर्ती
घरको छप्परमा बसेको गार्डलाई गोली दागियो, अस्पतालमा भर्ती


बागपत, 21 अगस्त (हि.स.)। बागपत जिल्लाको चिरचिटा गाउँमा घरको छप्परमा बसेको गार्डलाई कसैले गोली दाग्यो। गार्डलाई घाइते अवस्थामा मेरठ अस्पतालमा भर्ती गराइएको छ। सूचना पाएर पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

थाना सिंघावली अहीर क्षेत्रको चिरचिटा गाउँ निवासी रामबीर किनौनी चीनी मिलमा गार्डको नोकरी गर्दछ। रामबीर आफ्नो परिवारको साथ बुधवार अबेर साझँ घरको छप्परमा बसेको थियो। सोही समय रामबीरलाई कसैले गोली दागेर घाइते बनायो। चिच्याएको सुनेर घटनास्थलमा परिवार र अरू मानिसहरूको भीड़ लाग्यो। गार्डलाई सामुदायिक स्वास्थ्य केन्द्र पिलानामा भर्ती गराइयो, डाक्टरहरूले गार्डलाई प्राथमिक उपचारपछि गार्ड हायर सेन्टरको निम्ति रेफर गरे। परिजनहरूले रामबीरलाई मेरठको अस्पतालमा भर्ती गरायो, जहाँ उसको उपचार चलिरहेको छ। थाना सिंघावली अहीर प्रभारी सोनवीर सिंह सोलंकीको भनाई छ, सूचनापछि मामिलाको जाँच जारी छ। मामिला दर्ता गरी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande