मार्गरेट्स होपको बाँसघारी क्षेत्रमा अजय एडवर्ड्सको सहयोगमा झोलुङ्गे पुल पुनः निर्माण हुने
अजय एडवर्ड्स


- हामीले आजसम्म जति नरिवल फुटायौं ती सबै कार्यहरू हामीले पूरा गरेका छौं, यो पनि अवश्य पूरा गर्ने छौं: अजय एडवर्ड्स

खरसाङ, 22 अगस्त (हि.स.)। खरसाङ महकुमा क्षेत्र अन्तर्गत बाँसघारीस्थित एउटा झोलुङ्गे पुल पुनः निर्माण हुने भएको छ। धेरै लामो समयदेखि गाउँवासीले आफ्नो क्षेत्रमा जीर्णावस्थामा रहेको झोलुङ्गे पुलको जिर्णोद्धारको निम्ति धेरै गुहार माग्दै आएका थिए। सबै जग्गाबाट निराशा हाथ लागेपछि अन्त्यमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सलाई सहयोगको गुहार लगाएका थिए।

धेरै गहन निरीक्षणपछि अन्तत: आज 105 फिट लम्बाई अनि 5 फिट चौडाई पुलको सिलन्यास कार्यक्रम आईजीजेएफ प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट सम्पन्न गरिएको छ। कार्यक्रम अवधि क्षेत्रीय वासिन्दाहरुले हर्षका साथै अजय एडवर्ड्सप्रति कृतज्ञता प्रकट गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande