
नयाँ दिल्ली, 25 अगस्त (हि.स.)। दिल्ली मेट्रोमा यात्रा गर्नेहरूले अब अधिक भाड़ा दिनुपर्नेछ। सोमवारदेखि दिल्ली मेट्रोको भाड़ामा संशोधन गरिएको छ।
दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) अनुसार यसपालि भाड़ामा सामान्य वृद्धि गरिएको छ। यात्रा दूरत्वको आधारमा भाड़ामा एकदेखि चार रुपियाँसम्म वृद्धि भएको छ। यसरी नै एयरपोर्ट एक्सप्रेस लाइनमा अधिकतम 5 रुपियाँसम्म वृद्धि गरिएको छ।
डीएमआरसी अधिकारीहरूको भनाइ छ, बढ़ेको भाड़ालाई दूरत्व अनुसार लागू गरिनेछ। भाड़ा संशोधनमा यस कुरालाई ध्यानमा राखिएको छ कि यात्रीहरूमाथि अतिरिक्त बोझ नपरोस्।
भाड़ा वृद्धिपछि दिल्ली मेट्रोको न्यूनतम भाड़ा अब 11 रुपियाँ अनि अधिकतम 64 रुपियाँ पुगेको छ।
उल्लेखनीय छ, यसपूर्व डीएमआरसीले चौथो भाड़ा निर्धारण समितिको सिफारिसको आधारमा वर्ष 2017-मा अन्तिम पटक आफ्नो भाड़ामा संशोधन गरेको थियो। गए 24 अगस्तसम्ममा न्यूनतम भाड़ा 10 रुपियाँ अनि अधिकतम 60 रुपियाँ थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा