
कोलकाता, 26 अगस्त (हि.स.)। दक्षिण कोलकाताको आनन्दपुर क्षेत्रमा गए सोमवार तीन अलग-अलग स्थानहरूमा मानिसहरूको रहस्यमय परिस्थितिमा मृत्यु भएको घटना प्रकाशमा आएको छ। पुलिसले मंगलवार यी घटनाहरूको पुष्टि गर्दै बतायो, सबै मामिलाको गहन जाँच भइरहेको छ।
पहिलो मामला– गेस्ट हाउसमा बार डान्सरको मृत्युईस्टर्न मेट्रोपलिटन बाईपास नजिकै अवस्थित एक गेस्टहाउसमा बार डान्सरलाई अचेत अवस्थामा भेटियो। उसित रहेको व्यक्तिले उसलाई एक निजी अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरले सोमवार उसलाई मृत घोषित गरिदिए। गेस्ट हाउस कर्मचारीहरू अनुसार दुवै नै आइतवार साँझ यहाँ बसेका थिए। प्रारम्भिक अनुमानमा नशेको अधिक मात्रा (ड्रग ओभरडोज़)-ले मृत्यु भएको हुनसक्छ तथापि सही कारण पोस्टमर्टम रिपोर्ट आएपछि स्पष्ट हुनेछ।
दोस्रो मामिला – रूखमा झुण्डिएको शव भेटियोयसै क्षेत्रको एक पिकनिक स्थलमा गए सोमवार लगभग 50 वर्षीय व्यक्तिको सड़िसकेको शव भेटियो। दुर्गन्ध आउन थालेपछि मछुआराहरूले पुलिसलाई सूचना दिए। पुलिसको अनुमान छ, यो आत्महत्याको मामिला हुनसक्छ, तर हरेक पाटो र पक्षको जाँच गरिँदैछ।
तेस्रो मामिला – महिलाको शव घरबाट उद्धारनोनाडांगाको आदर्श नगरस्थित एक घरबाट महिलाको शव उद्धार गरियो। यो क्षेत्र आनन्दपुर थाना अधिनस्थ पर्दछ। पुलिसको प्रारम्भिक जाँचमा मामिला आत्महत्या हुनसक्छ।
तीनै वटा शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। मंगलवार एकजना वरिष्ठ अधिकारीले बताए, आनन्दपुर थाना क्षेत्रमा एकै दिनमा प्रकाशमा आएको तीन वटा रहस्मय मृत्युको गम्भीर रूपमा जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा