इटावा, 03 अगस्त (हि.स.)। इटावा जिल्लामा 11 महिना अघि पूर्व रेलवे स्टेशन छेउ दिउॅंसै भएको सनसनीपूर्ण हत्या प्रकरणमा न्यायालयले हत्यारोपीलाई आजीवन कारावास र पचास हजार रूपियॉं जरिवानाको सजाय सुनाएको छ। यस हत्याकाण्डपछि रेलवे स्टेशन छेउछाउ आतङ्क फैलिएको थियो।
वरिष्ठ पुलिस अधीक्षक बृजेश कुमार श्रीवास्तवले भने, गत 31 अगस्त, 2024 मा सिविल लाइन थाना क्षेत्र अन्तर्गत रेलवे स्टेशन बजारमा दिउॅंसै एक रामाकान्ती देवीका पुत्रको छुरीले घॉंटी रेटेर हत्या गरिएको थियो। पुलिसले मृतकको शवलाई आफ्नो अधीनमा लिएर हत्यारोपीलाई पक्राउ गरेको थियो। उनले भने, उक्त प्रकरणको सम्बन्धमा विवेचना अधिकारीद्वारा साक्ष्य संकलनको आधारमा हत्यारोपी जितेन्द्र कुमार मौर्य विरुद्ध आरोप पत्र न्यायालयमा प्रस्तुत गरियो। यस प्रकरणमा सतत निगरानी राखिएको थियो।
न्यायालयमा साक्ष्यहरू सिविल लाइन पुलिस टीम र डीजीसी शिवकुमार शुक्लाद्वारा पेश गरियो, जसको परिणामस्वरूप हत्यारोपी जितेन्द्र कुमार मौर्यलाई न्यायालयले दोषी ठहर गर्दै आजीवन कारावास र पचास हजार रूपियॉंको अर्थदण्डको सजाय सुनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल