कोकराझाड़ (असम), 31 अगस्त (हि.स.)। बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी)- को आगामी चुनाउलाई केन्द्र गर्दै असम गण परिषद (अगप)-ले चार वटा सीटहरूमा आफ्ना उम्मेद्वारहरूको नामको सूची जारी गरेको छ।
घोषित सूची अनुसार 11 नम्बर बाओखुश्री सीटबाट बिष्टुराम नार्जारी, 20 नम्बर मथनगुरीबाट मनमोहन दास, 3 नम्बर श्रीरामपुरबाट बिप्रद्वीप तालुकदार औ 19 नम्बर ठुरिबाड़ी सीटबाट पार्थजीत राय उम्मेद्वार रहेका छन्।
यता भाजपाले आफ्ना उम्मेद्वारहरूको सूची आज साँझसम्ममा जारी गर्नसक्छ। बीपीएफ र यूपूपीएलले पहिला नै अधिकांश सीटहरूको लागि उम्मेद्वारहरूको घोषणा गरिसकेको छ। आइतवारसम्ममा ‘राइजर दल’ र ‘असम जातीय परिषद’-ले पनि सूची जारी गर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा