गुवाहाटी (असम), 31 अगस्त (हि.स.)। सेना भर्ती कार्यालय, नारंगीद्वारा आगामी 10-देखि 13 सेप्टेम्बरसम्म नारंगी मिलिट्री स्टेशन, गुवाहाटीमा केन्द्रिय एवं ज़ोनल श्रेणीको भर्ती ऱ्याली आयोजना गरिनेछ।
यस भर्ती ऱ्यालीमा धार्मिक शिक्षक जेसीओ, हवलदार (शिक्षा), सोल्जर टेक्निकल नर्सिंग असिस्टेन्ट, सिपाही फार्मा एवं अग्निवीर महिला सैन्य पुलिस सहित विभिन्न पदहरूमा चयन हुनेछ। मुख्यालय भर्ती जोन, शिलंग अन्तर्गत पर्ने समस्त उत्तर-पूर्वी राज्यहरूका शर्टलिस्ट उम्मेद्वारहरूले यसमा भाग लिनेछन्।
उम्मीदवारहरूले एडमिट कार्डमा अंकित तिथिमा बिहान 4:00 बजी नारंगी सैन्य स्टेशनको पाञ्जाबाड़ी गेटमा रिपोर्ट गर्नुपर्नेछ। उनीहरूसित एडमिट कार्ड र अधिसूचनामा बताइएको अन्य मूल दस्तावेज हुनु अनिवार्य छ।
शर्टलिस्ट उम्मेद्वारहरूलाई ई-मेल पठाएर भर्ती ऱ्यालीसित सम्बन्धित विवरण उपलब्ध गराइएको छ। एडमिट नपाएका वा डाउनलोड गर्न कठिनाई भइरहेका उम्मेद्वारहरूले सेना भर्ती कार्यालय, नारंगीसित सम्पर्क गर्न सक्नेछन्। सहायताको निम्ति हेल्पलाइन नम्बर 0361-2640134 र ई-मेल आईडी sis.putana@nic.in जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा