मोरीगाउँ (असम), 31 अगस्त (हि.स.)। असमवासीहरूलाई बारम्बार धम्की दिने जमियत उलेमा-ए-हिन्दका नेता अरशद मदनीविरूद्ध आइतवार फेरि सक्रिय भए असम सरकारका मन्त्री पीयूष हाजरिका। जगीरोडको मनहातमा आयोजित 'मन की बात' कार्यक्रमलाई सुनेपछि मीडियासित बातचित गर्दै जमियत उलेमा-ए-हिन्दका नेता मदनीको सन्दर्भमा मन्त्री पीयूष हाजरिकाले भने, मदनीको भनाइ छ कि उसले असमलाई एक मुस्लिम राष्ट्र बनाउन चाहन्छ।
उसको मन्तव्य यो पनि छ, असमको प्रत्येक जिल्लालाई मुस्लिम बस्तीहरूको प्रमुख क्षेत्र बनाएर असमियाहरूको अस्तित्व समाप्त गरिनेछ। मन्त्रीले भने, हामी जबसम्म छौं, मुख्यन्त्री डा. हिमन्त बिस्व सरमा जबसम्म छन् तबसम्म मदनी वा यिनी जस्ता सबै व्यक्तिहरूको असमलाई मुस्लिम राष्ट्र बनाउने सपना कहिल्यै पनि पूरा हुन दिइनेछैन। असमियाको पहिचान, असमियाको शौर्य, वीरता सदैव कायम रहनेछ। यसको लागि जति नै संघर्ष गर्न परे पनि हामी तयार छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा