तामुलपुर (असम), 31 अगस्त (हि.स.): असममा आगामी बीटीसी चुनाउलाी शान्तिपूर्म ढंगमा सम्पन्न गराउन तथा जिल्लामा कानून व्यवस्थालाई काम राख्ने उदेश्यले तामुलपुरका उपायुक्त एवं जिल्ला दण्डाधिकारी पंकज चक्रवर्तीले भारतीय नागरिक सुरक्षा संहिताको धारा 41 अन्तर्गत विशेष आदेश जारी गरेको छ।
जारी आदेश अनुसार जिल्लामा लाइसेन्सी बन्दुक सहित सबै प्रकारका हतियारहरूको आपूर्तिमाथि पूर्ण रोक लगाइएको छ। तथापि चुनावी ड्यूटीमा तैनाथ पुलिस, सेना तथा अर्धसैनिक बलका जवानहरूलाई यस प्रतिबन्धदेखि छुट दिइएको छ।
राष्ट्रिय राइफल्स एसोसिएशनका ती सदस्यहरू जसलाई खेलकुदको लागि राइफलको आवश्यकता पर्छ,-ले प्रशासन समक्ष आवश्क प्रमाण-पत्र प्रस्तुत गर्नुपर्नेछ। यो आदेश गए 30 अगस्तदेखि नै लागू भएको छ भने चुनावी प्रक्रिया पूरा नहुञ्जेलसम्म जारी रहनेछ। यदि कुनै व्यक्ति यो आदेशदेखि असन्तुष्ट छ भने उसले संशोधन, छुट वा रद्द गर्नको लागि जिल्ला दण्डाधिकारी समक्ष आवेदन गर्न सक्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा