दुधनैमा अवशेषभित्र जलेको शव भेटियो
दुधनैमा अवशेषभित्र जलेको शव भेटियो


ग्वालपारा (असम), 31 अगस्त (हि.स.)। दुधनै गर्ल्स हायर सेकेण्डरी स्कूलमा बितेको राती आगलागी भयो। यस घटनापछि क्षेत्रमा कोकोहोलो मच्चियो। आइतवार बिहान आगो लागेको ठाउँबाट अवशेषहरूमा पुरिएको एउटा शवलाई स्थानीय मानिसहरूले देखे। शव भेटिएको सूचना पाउनसाथ पुलिस टीमले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

यद्यपि अन्तिम सूचना पाउञ्जेलसम्म पनि मृतकको पहिचान हुन सकेको थिएन। उक्त शव सोही स्कूलमा अस्थायी रूपमा काम गर्ने कर्मचारी विवेकानन्द राभाको हुनसक्छ। शवलाई आफ्नो कब्जामा लिएर पुलिसले पोस्टमर्टम गरनको लागि पठाइदिएको छ। शवको नाड़ीमा लगाएको चुराको आधारमा उक्त शव अस्थायी कर्मचारीकै हो भन्ने मानिएको छ।

गए राती स्कूलमा आगो कसरी लाग्यो, पत्तो लाग्न सकेको छैन। आगलागीको सूचना पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि कड़ा संघर्ष गरेर आगोलाई नियन्त्रण गरे। तर राती यस घटनामा कोही पनि जलेको जानकारी प्राप्त भएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande