बीटीसी चुनाउको लागि कंग्रेसले जारी गऱ्यो उम्मेद्वारहरूको पहिलो सूची
बीटीसी चुनाउको लागि कंग्रेसले जारी गऱ्यो उम्मेद्वारहरूको पहिलो सूची


गुवाहाटी, 31 अगस्त (हि.स.)। बोड़ोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी)-को चुनाउको लागि कंग्रेस उम्मेद्वारहरूको पहिलो सूची जारी गरिएको छ। आगामी बीटीसी चुनाउको लागि हरेक राजनीतिक दल तयार भइसकेको छ। कंग्रेस पार्टी पनि पूर्ण तयारीको साथमा चुनावी मैदानमा उत्रिसकेको छ। बीटीआर चुनाउको लागि असम प्रदेश कंग्रेस कमिटीले उम्मेद्वारहरूको पहिलो सूचीको घोषणा गए राति गऱ्यो।

पार्टीले पहिलो सूचीमा 31 वटा परिषद क्षेत्रका उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। कंग्रेसद्वारा जारी उम्मेद्वारहरूको सूची अनुसार यमदुवार क्षेत्रमा उम्मेदवारको रूपमा रचना भट्टचार्यलाई चयनित गरिएको छ भने चराइबिलका उम्मेद्वार हुनेछन् रनंजय नार्ज़ारी। कचुगाउँमा कौरम मुसाहारीलाई टिकट दिइएको छ। फकिराग्राम क्षेत्रमा साहिर अलीलाई नामित गरिएको छ। यसरी नै कंग्रेसले 31 वटा क्षेत्रमा आफ्नो उम्मेद्वारहरूको नाम घोषणा गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande