जम्मूमा फेरि घनघोर वर्षाले बढ़ायो चिन्ता, खोला-नालामा बाढ़ी
जम्मूमा फेरि घनघोर वर्षाले बढ़ायो चिन्ता, खोला-नालामा बाढ़ी


जम्मू, 31 अगस्त (हि.स.)। एकपटक फेरि जम्मूमा घना वर्षा भएपछि मानिसहरूको मुहारमा चिन्ताका धर्साहरू देखिएको छ। केही दिनअघि आएको बाढ़ीबाट राहत महसूस गर्न नपाई नयाँ वर्षाले शहरको स्थितिलाई फेरि चिन्ताजनक बनाइदिएको छ।

पछिल्लो बाढ़ीको चोट सुक्न नपाई पुनः अर्को आपदा आइलाग्ने आशंकाले मानिसहरू त्रसित भएका छन्। तवी नदिका किनारमा रहेका सबै खोला-नालाहरूमा बाढ़ी आएको छ।

शहरवासीहरूले प्रशासनसित अपील गरेका छन्, द्रूत गतीमा नालाहरूको सफाई तथा जल निकासि व्यवस्था सुनिश्चित गरियोस् ताकि कुनै ठूलो क्षति हुनदेखि बच्न सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande