इशिता हत्याकाण्डका आरोपी देशराजका काका पक्राउ
इशिता हत्याकाण्डका आरोपी देशराजका काका पक्राउ


नदिया, 31 अगस्त (हि.स.)। कृष्णानगरकी छात्रा इशिता मल्लिक हत्या मामिलामा गए शनिवार राती पुलिसले आरोपी देशराज सिंहका काकालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम कुलदीप सिंह हो।

जानकारी अनुसार उसलाई नदियाको कोतवाली थानामा ल्याइयो। आरोप छ, कुलदीपले हत्याको बारेमा जानकारी हुँदाहुँद पनि देशराजलाई लुकाउनमा सहयोग गरे अनि नक्कली दस्तावेज बनाएर उसलाई भगाउन सहयोग गरे।

पुलिसको अनुमानमा हत्याको लागि हतियार जुटाउन र अन्य षड़यन्त्रहरूमा पनि कुलदीप सामेल हुनसक्छ। जाँचबुझपछि उसलाई पक्राउ गरियो। यद्यपि देशराज अहिले पनि पक्राउ गर्न सकिएको छैन।

उल्लेखनीय छ, गत 25 अगस्तमा 19 वर्षीय इशिताको नदियाको कृष्णानगरस्थित एक घरमा कथित रूपमा टाउकोमा तीनवटा गोली दागेर हत्या गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande