श्रीनगर, 31 अगस्त हि.स.। जम्मू-कश्मीरमा विपक्षी नेता सुनिल शर्माले आइतवार भने, उपराज्यपाल मनोज सिन्हाले भविष्यमा माता वैष्णोदेवी तिर्थ यात्रालाई सुरक्षित बनाउनका लागि कदम उठाउनेछन्। गत 26 अगस्तमा अर्धकुँवारी निकट गएको पैह्रोमा 30जनाभन्दा अधिक मानिसहरूको ज्यान गएको थियो।
कुमारले आइतवार बताए, घाइते भएका सातजना मानिसहरूको अवस्था अब स्थिर छ। उनीहरूको सन्तोषजनक उपचार भइरहेको छ। यो एक पीड़ादायी, दुःखदायी तथा खेदजनक घटना हो। लगभग 35-36 जना मानिसहरूको ज्यान गएको छ। म गहन जाँचको लागि तीन सदस्यीय समिति गठन गरिएकोमा मनोज सिन्हाप्रति आभार व्यक्त गर्दछु। यो कुनै आकस्मिक यात्रा होइन। मनोज सिन्हाले भविष्यमा यस यात्रालाई सुरक्षित बनाउनको लागि कदम उठाउन्।
शर्माले एक दिनपूर्व श्री माता वैष्णो देवी नारायण अस्पतालमा पुगेर घाइतेहरूसित भेट गरे। यस अवधि उनले अस्पतालका अधिकारीहरूसित सबैलाई सर्वोत्तम हेरचाह प्रदान गर्ने आग्रह गरे।
यसबीच गत बिहीवार जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले श्री माता वैष्णो देवी मन्दिरको बाटोमा अधकुँवारी नजिक गत 26 अगस्तमा गएको पैह्रोको घटनालाई लिएर जाँच गर्नको लागि एक उच्च स्तरीय तीन सदस्यीय समिति गठन गर्ने आदेश दिएका छन्।
एक आधिकारिक आदेश अनुसार जम्मू-कश्मीरका जल शक्ति विभागीय अतिरिक्त मुख्य सचिव शालिन काबराले यस समितिको नेतृत्व गर्नेछन् जसमा जम्मूका सम्भागीय आयुक्त र पुलिस महानिरीक्षक पनि समेल रहका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा