भिड़न्तपछि पुलिसले दुई आरोपीलाई समात्यो
भिड़न्तपछि पुलिसले दुई आरोपीलाई समात्यो


नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। दिल्ली पुलिसको स्पेशल सेलले बितेको राती जफरपुर कला क्षेत्रमा भएको भिड़न्तपछि कुख्यात नन्दु ग्यांगका दुईजना अपराधीहरूलाई पक्राउ गरेको छ। पुलिसले आरोपीहरूसित जाँचबुझ गरिरहेको छ।

पुलिसको पञ्जामा रहेका दुई आरोपीहरूको पहिचान रोहतक निवासी नवीन उपनाम भाञ्जा (25) र अम्बाला छावनी निवासी अनमोल कोहली (26)- को रूपमा भएको छ। दुवै आरोपी गत 28 अगस्तमा थाना छावला क्षेत्रमा भएको फायरिंगको घटनामा भागेका थिए। आरोपीहरूले व्यापारीबाट रंगदारी मागेपछि उनीमाथि फायरिंग गरेका थिए।

पुलिस मुताविक बितेको राती स्पेशल सेललाई दुवै आरोपीहरूको बारेमा गुप्त सूचना प्राप्त भयो, उनीहरू जफरपुर कला क्षेत्रमा आउनेवाला छ। त्यसपछि आरोपीहरूले पुलिसाथि गोली चलाए जसको जवाफी कारबाहीमा दुवैलाई गोली लागेर घाइते भए। दुवैलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ।

पुलिसको भनाइ छ, आरोपीहरूको पक्राउबाट गिरोहको गतिविधिहरूलाई ठूलो झट्का लागेको छ। हाल पुलिसले दुवै आरोपीहरूसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande