लंकामा 2 करोड रुपियाँको पोस्ताको बिउ जफत
लंकामा 2 करोड रुपियाँको पोस्ताको बिउ जफत


होजाई (असम), 31 अगस्त (हि.स.)। लंकामा प्रचुर मात्रामा देशमा प्रतिबन्धित पोस्ताको बिउ (दाना) जफत गरियो। लंकाको बामुनगाउँस्थित एक चामल मिलबाट उक्त पोस्ताको दाना जफत गरिएको हो।

आइतवार गुप्त सूचनाको आधारमा भारतीय कस्टम विभागद्वारा संचालित एक अभियानमा पोस्ताको बिउलाई जफत गरियो जसको अनुमानित बजार मूल्य लगभग 2 करोड़ रुपियाँ रहेको बताइएको छ। पोस्ताको बिउलाई चियापत्तीको प्याकेटमा भरेर म्यान्मारदेखि दिल्ली पठाइँदैथ्यो। तथापि यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन। कस्टम विभाग मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande