नलबाड़ीमा राजस्व चक्र अधिकारीहरूको वेतन रोकियो
नलबाड़ीमा राजस्व चक्र अधिकारीहरूको वेतन रोकियो


नलबाड़ी (असम), 31 अगस्त (हि.स.)। असममा नलबाड़ी जिल्लाका राजस्व चक्र अधिकारीहरूको लागि दुःखको खबर आएको छ। जिल्ला आयुक्त निवेदन दास पाटवारीले आदेश जारी गरी अगस्त महिनाको वेतन रोक्ने निर्देश दिएका छन्। यो आदेश गए 30 अगस्त, 2025- को (निर्देश संख्या पीईआर-42/81/225-ईएसटी-एनएलबी) अन्तर्गत जिल्ला कोषागार अधिकारीलाई पठाइएको छ।

आयुक्त अनुसार जिल्लाका केही राजस्व चक्र अधिकारीहरूले एटीपीएस याचिका, विभिन्न आवेदन औ त्यसलाई सुल्झाउने जस्ता कार्यलाई समयमा पूरा गरेनन्। यसै लापरवाहीलाई मध्यनजर गर्द उनीहरूको वेतन भुक्तानमाथि रोक लगाइएको हो।

उक्त आदेशपछि नलबाड़ी जिल्लाका केही अधिकारीहरूमा चिन्ता व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande