इम्फाल, 31 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षाबलहरूले एकपछि अर्को अभियान संचालन गरी बितेको 24 घण्टाभित्रमा हतियारहरूको ठूलो भण्डार जफत गरेका छन्। साथै केही उग्रवादीहरूलाई पनि पक्राउ गरेका छन्।
पुलिस प्रवक्ताले आइतवार बताए, इम्फाल वेस्ट जिल्लाको पटसोई थाना अन्तर्गत नगैरांगबाम र लोंगा कोईरेग गाउँलाई जोड़्ने सड़कमा सुरक्षा बलहरूले भारी मात्रामा हतियार जफत गरे जसमा 7.62 मिमी एसएलआर, एउटा आईएनएसएएस राइफल, म्यागजिन सहित संशोधित .303 राइफल, चार वटा देशी बोल्ट एक्शन राइफल, चार वटा पेस्तोल, केही खाली म्यागजिन, मोनोकुलर नाइट भिजन, .303 कारतूस, अन्य कारतूस औ दुई बाओफेंग ह्याण्डसेट सामेल छन्।
यसै दिन इम्फाल ईस्ट जिल्लाको सगोलमांग थाना क्षेत्रको कांगबा मारू हिल रेञ्जमा भएको काबाहीमा दुई वटा डीबीबीएल गन, 9 मिमी पेस्तोल, .32 पेस्तोल, एउटा देशी पेस्तोल, दुई वटा पम्पी गन, दर्जनौं कारतूस, दुई वटा ह्याम्ड ग्रेनेड, मोटरोला सेट, दुई वटा बाओफेंग ह्याण्डसेट (चार्जर सहित), तथा एउटा गोला-बारूदको बक्स जफत गरियो।
यसरी नै बिष्णुपुर जिल्लाको मोइरांग क्षेत्रबाट सुरक्षाबलहरूले पीआरईपीएक (पीआरओ)- का सक्रिय क्याडर कोंजेगबम बिजेन सिंह उपनाम कोरो (41)-लाई पक्राउ गरे। यसको दोस्रो दिन इम्फाल वेस्ट जिल्लाको सगैप्रो एफसीआई क्रसिंगबाट एसओआरईपीए संगठनका कार्यकर्ता मैसनाम अभि सिंह उपनाम खोम्बा (40)-लाई पक्राउ गरियो। उसको कब्जाबाट संगठनका चार वटा डिमाण्ड लेटर, एउटा आधार कार्ड, बटुआ र एउटा दुई चक्के वाहन जफत गरियो।
यसै क्रममा तेंगनौपाल जिल्लाको बीपी-86 क्षेत्रबाट पीएलए संगठनका चारजना सक्रिय क्याडरहरूलाई समातियो जसमा चाबुंगबम नानाओचा मितेई (21), वैखोम थोई मैतेई (30), निंगथौजम राकेश (25) औ टेकचाम नानाओ सिंह (25) सामेल छन्।
यस अतिरिक्त मणिपुर पुलिसले इम्फाल ईस्ट जिल्लाको सगोलमांग क्षेत्रबाट आरपीएफ/पीएलएका सक्रिय क्याडर लैश्रम सञ्जय सिंह (52)-लाई पक्राउ गरियो। उबाट एउटा मोबाइल फोन पनि जफत गरियो।
सुरक्षाबलहरूको भनाइ छ, निरन्तर भइरहेको यो अभियान राज्यमा सक्रिय उग्रवादी संगठनहरूको हतियार नेटवर्क र असुली गतिविधिहरूमाथि ठूलो प्रहार हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा