कोलकाता, 31 अगस्त (हि. स.)। मरम्मत कार्यको लागि आइतवार फेरि एकपटक हुगली सेतु अर्थात विद्यासागर सेतु बन्द भएको कारण यातायात बाधित भयो। यसले गर्दा यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो।
हुगली नदी पुल आयुक्त (एचआरबीसी)-द्वारा आइवार बिहानदेखि मरम्मत कार्य शुरू गरियो। यो कार्य राती नौ बजीसम्म हुनेछ। यसपूर्व पछिल्लो आइतवार पनि यो सेतुलाई बन्द राखिएको थियो। यसको साथै राष्ट्रिय राजमार्ग प्राधिकरणको निगरानीमा सन्तरागाछी बस टर्मिनल नजिक स्टील बीम लगाउने काम भइरहेको छ।
हावड़ादेखि कोलकाताबीच आनेउ-जाने वाहनहरूलाई अर्को रूटमा डायभर्ट गरिँदैछ। यात्रीहरूको सुविधालाई ध्यानमा राखेर हावड़ा सेतुलाई दिनभरि नै खुल्ला राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा