मुर्शिदाबादमा बंगलादेशी नागरिक सहित दुई पक्राउ
मुर्शिदाबादमा बंगलादेशी नागरिक सहित दुई पक्राउ


मुर्शिदाबाद, 31 अगस्त (हि. स.)। मुर्शिदाबादमा आइतवार भोर बिहान लालगोला थाना पुलिसले तारानगर गाउँबाट एक जना बंगलादेशी नागरिक सहित दुई जनालाई पक्राउ गऱ्यो। पक्रा पर्ने व्यक्तिहरूको नाम क्रमैले अनारूल इस्लाम र इस्माइल शेख हो।

प्राप्त सूचनाको आधारमा लालगोला थानाको पुलिसले तारानगर गाउँमा एक अभियान संचालन गऱ्यो। यसै अवधि पुलिसले अवैध अनुप्रवेशको आरोपमा बंगलादेशको चपाइनवाबगञ्ज जिल्लाका इस्माइल शेखलाई पक्राउ गऱ्यो। साथै घर मालिक अनारूल इस्लामलाई पनि बंगलादेशी नागरिकलाई शरण दिएको आरोपमा पक्राउ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande