कोकराझार (असम), 31 अगस्त (हि.स.)। आगामी बोड़ोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी) चुनाउपूर्व यूपीपीएल दलमा आन्तरिक कलह देखिन थालेको छ। पार्टीबाट चुनाउ लड़्नको लागि टिकट नपाएको कारण यूपीपीएल प्रमुख प्रमोद बोड़ोका ओएसडी संग्राम ब्रह्मले पार्टीबाट राजीनामा दिएका छन्।
उल्लेखनीय छ, प्रमोद बोडो नेतृत्वाधिन यूपीपीएल दलद्वारा दोस्रो चरणका प्रत्याशीहरूको सूची गरी गरिएको तुरून्तपछि संग्राम ब्रह्मले आफ्नो चिरांग द्वार ब्लक यूपीपीएल अध्यक्ष सहित पार्टी कार्यकर्ताहरूको साथमा सामूहिक त्यागपत्र दिए। संग्राम ब्रह्मका समर्थकहरूले यूपीपीएलको झण्डा जलाएर प्रमोद बोड़ो विरूद्ध तीव्र विरोध दर्ता गराए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा