दिल्लीदेखि इन्दौर आइरहेको एयर इण्डियाको विमानमा तकनीकी खराबी, आपात ल्याण्डिङ गराइयो
एयर


भोपाल, 31 अगस्त (हि.स.)। दिल्लीदेखि इन्दौर आइरहेको एयर इण्डियाको विमानमा टेकअफ गरेको केही बेरपछि नै तकनीकी खराबी आयो। विमानको दुई इन्जिनमा आगो लागेको अलर्ट पाइएको बताइएको छ। यसको सूचना तुरन्तै सम्बन्धित अथोरिटीलाई दिइयो, जसपछि पायलटले तुरन्तै दाहिने इन्जिनलाई बन्द गरे औं एक इन्जिनको भरमा विमानको दिल्ली एयरपोर्टमा आपात ल्याण्डिङ गराए।

आइतवार एयर इण्डियाको फ्लाइट एआई 2913 ले दिल्लीदेखि इन्दौरको निम्ति उड़ान भरेको थियो। विमानले टेकअफ गर्नसाथ पायलटले फायर इन्डिकेशन पाउन थाले। यसपछि पायलटले अलर्ट पठाए औं पुनः लन्याण्डिङको अनुमति मागे। यसपछि तत्काल विमानलाई सुरक्षित तरीकाले ल्याण्ड गराइयो। यस अवधि ग्राउण्ड स्टाफलाई अलर्टमा राखियो।

एयर इण्डियाले बतायो, फ्लाइट संख्या एआई 2913 मा तकनीकी खराबी आएको थियो। जस्तै अलार्म बज्यो, पायलटले बिना समय व्यर्थ फाली स्ट्याण्डर्ड अपरेटिङ प्रोसीजरको पालन गरे। विमानलाई नियन्त्रित राख्दै दिल्ली एयरपोर्टमा पुनः ल्याइयो। ल्याण्डिङपछि तुरन्तै यात्रीहरूलाई सुरक्षित बाहिर निकालियो। रनवेमा पहिलेदेखि उपस्थित सिक्योरिटी र फायर ब्रिगेडले विमानको जाँच गरेका छन्। पूरा अपरेशनमा सुरक्षा प्रोटोकलको कड़ाईले पालन गरियो।

एयर इण्डियाको तर्फबाट बताइयो, यात्रीहरूलाई इन्दौर लैजान वैकल्पिक विमानको व्यवस्था गरिँदैछ। यस घटनाको जानकारी नियामक प्राधिकरणलाई दिइएको छ। एयर इण्डियाले यात्रीहरूलाई भएको असुविधाको निम्ति खेद व्यक्त गरेको छ र भनेको छ, यात्रीहरू र क्रू को सुरक्षा कम्पनीको सर्वोच्च प्राथमिकता हो। एयर इण्डियाको तर्फबाट भनिएको छ, यात्रीहरूको सुरक्षालाई लिएर कुनै प्रकारको समझौता गर्न मिल्दैन। हामी मामिलाको जाँच गरिरहेका छौं। इन्जीनियरहरूको टीमले यसको तकनीकी जाँच गरिरहेको छ ताकि खराबीको असली कारण थाहा पाउनसकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande