मान सरकारले बाढ़ीको कारण प़ञ्जाबलाई प्राकृतिक आपदाग्रस्त घोषित गरे
मान सरकारले बाढ़ीको कारण प़ञ्जाबलाई प्राकृतिक आपदाग्रस्त घोषित गरे


चण्डीगढ़, 03 सेप्टेम्बर (हि.स.)। पञ्जाबमा सबै 23 जिल्ला बाढ़ीको चपेटमा आएपछि राज्य सरकारले राज्यलाई प्राकृतिक आपदाग्रस्त राज्य घोषित गरेको छ। यसबीच पञ्जाबका मुख्यमन्त्री भगवन्त मान तथा राज्यपाल गुलाब चन्द कटारिया राज्यको बाढ़ी प्रभावित जिल्लाहरूको दौड़ाह गर्नेछन्। गृहमन्त्री अमित शाह तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प़ञ्जाबका मुख्यमन्त्री भगवन्त मानको साथ बाढ़ीको स्थितिमाथि चर्चा गरिसकेका छन्। केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहानले बिहिवार पञ्जाबको दौड़ाह गरेर स्थितिको जायजा लिनेछन्।

शिवराज चौहानले आफ्नो सोशल मीडिया एक्समा बुधवार भनेका छन्, संकटको यस समयमा केन्द्र सरकार पञ्जाबवासीहरूको साथ खड़ा छ र उनीहरूलाई हर सम्भव मद्दत दिइनेछ। आज उनले राज्यको स्थितिहरूलाई लिएर पञ्जाबका राज्यपाल र कृषि मन्त्रीसित पनि कुराकानी गरी विस्तृत जानकारी लिएका छन्।

यसबीच पञ्जाबका मुख्य सचिव केएपी सिन्हाले पञ्जाबलाई आपदा प्रभावित राज्य घोषित गर्दै प्रदेशका सबै कर्मचारीहरूको छुट्टी रद्द गरेका छन्। पञ्जाबमा बाढ़ीको कारण अहिलेसम्म 30 जनाको मृत्यु भएको छ भने चार व्यक्ति बेपत्ता छन्। पञ्जाबका साढ़े तीन लाख मानिस बाढ़ीको चपेटमा आइसकेका छन्।

यसबीच पञ्जाब सरकारले एक अहम फसेला लिँदै राज्यका सबै स्कूलहरूमा 07 सेप्टेम्बरसम्म छुट्टी घोषित गरेको छ। पञ्जाबका शिक्षा मन्त्री हरजोत बैंसले सोशल मीडिया एक्समा भनेका छन्, प़ञ्जाबमा पहिले 03 सेप्टेम्बरसम्म छुट्टी गरिएको थियो तर बाढ़ीको स्थितिलाई मध्यनजर गर्दै प्रदेशका सबै सरकारी तथा निजी स्कूल, कलेज, विश्वविद्यालय तथा पोलिटेक्निकमा 07 सेप्टेम्बरसम्म छुट्टी बढ़ाइएको छ। हरजोत बैंसले सबै संस्थानहरूसित यी आदेशहरूको कड़ाईले पालन गर्ने आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande