बिलासपुर, मन्दिर परिसरमा पुजारीको निर्मम हत्या
बिलासपुर, मन्दिर परिसरमा पुजारीको निर्मम हत्या


बिलासपुर, 31 अगस्त (हि.स.)। बिलासपुर जिल्लाको तखतपुर थाना क्षेत्रमा एक पुजारीको मन्दिर प्रांगणमै निर्मम हत्या गरिएको छ। 30 वर्षीय जागेश्वर पाठक उर्फ मोटू जो परसाकापा गाउँको पाठ बाबा मन्दिरमा पुजारी थिए, मन्दिरमै बस्थे। आइतवार बिहान उनकी आमा मन्दिर पुग्दा छोराको शव रगतमा लतपत अवस्थामा भेटाइन्। शरीरमा धेरै ठाउँ चोटको निशान थियो। चोरीको विरोध गर्दा बदमाशहरूले

यस घटनालाई परिणाम दिएको हुनसक्ने आशंका व्यक्त गरिँदैछ। मन्दिर परिसरबाट केही मानिसहरूको चप्पल भेटिएको छ र अज्ञात आरोपीले मृतकको मोबाइल पनि लिएर भाग्यो।

यस मामिलामा एसएसपी रजनेश सिंहले बताए, हत्या एकदमै क्रूर तरीकाले गरिएको छ, जसबाट आपसी शत्रुताको पनि शंका छ। अहिले पुलिस जाँचमा जुटेको छ र गाउँलेहरूसित पनि सोधपुछ भइरहेको छ। साथै आरोपीहरूलाई छिट्टै नै समातिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande