नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले तियानजिनमा शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनदेखि छुट्टै चीनका राष्ट्रपति शी जिनिपङसित कुराकानी गरे। यो उनीहरूको लगभग दश महिनापछि भएको पहिलो द्विपक्षीय वार्ता हो। यसको उद्देश्य द्विपक्षीय सम्बन्धहरूलाई अगाड़ी बढ़ाउनु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शुरूआती वक्तव्यमा भने, गत वर्ष कजानमा भएको वार्ताले भारत-चीन सम्बन्धहरूलाई सकारात्मक दिशा दियो। उनले उल्लेख गरेका छन् कि सीमामा भएको डिसइन्गेजमेन्टपछि शान्ति र स्थिरताको माहोल बनेको छ। मोदीले जोड दिएर भने, यो माहोलले दुवै देशको सम्बन्धहरूलाई अगाड़ी बढ़ाउने अवसर प्रदान गर्दछ।
प्रधानमन्त्रीले भने, कैलाश मानसरोवर यात्रा पुनः शुरू भएको छ। यो यात्रा न केवल धार्मिक महत्व बोक्दछ तर दुवै देशका मानिसहरूलाई जोड्ने माध्यम पनि हो। उनले यसलाई आपसी विश्वास र सहयोगको प्रतीक बताए। यो निर्णयले दुवै देशबीच सांस्कृतिक सम्बन्धहरूलाई अझ् मजबुत बनाउनेछ। भारत र चीनबीच सोझो उड़ानहरूको पुनः शुरूआत भइरहेको छ। उनले यसलाई व्यावसायिक, सांस्कृतिक र जनसम्पर्कको निम्ति अहम कदम बताए। मोदीले भने, यस सहयोगसित दुवै देशका 2.8 अरब मानिसहरूको हित जोड़िएको छ यसले पूरा मानवताको कल्याणको दिशामा योगदान गर्नेछ। मोदीले स्पष्ट पारे, भारत-चीन सम्बन्ध आपसी विश्वास, सम्मान र संवेदनशीलतामाथि आधारित हुनेछ।
उनले चीनको सफल एससीओ अध्यक्षतामा बधाई दिए औं आमन्त्रणको निम्ति धन्यवाद व्यक्त गरे। उनले भने, सहयोग र संवादले दुवै देशको सम्बन्ध नयाँ शिखरसम्म पुग्नसक्छ। तियानजिनमा आइतवार आयोजित यस बैठकमा हिस्सा लिन मोदी सात वर्षपछि चीन पुगेका हुन्। एससीओ शिखर सम्मेलन 31 अगस्तदेखि 01 सेप्टेम्बरसम्म चलिरहेको छ। यसमा 20 भन्दा अधिक देशहरूका राष्ट्राध्यक्ष र शासन प्रमुखले भाग लिइऱहेका छन्। प्रधानमन्त्री मोदीको कार्यक्रम सम्मेलनमा रूसका राष्ट्रपति व्लादिमीर पुतिनलाई पनि भेट्नु रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी