जम्मू-कश्मीरको पुन्छमा 2 आतङ्की पक्राउ, हतियार पनि जफत
जम्मू-कश्मीरको पुन्छमा 2 आतङ्की पक्राउ, हतियार पनि जफत


जम्मू, 31 अगस्त (हि.स.)। जम्मू र कश्मीरको सीमा जिल्ला पुन्छमा पुलिसले आइतवार दुई आतङ्कीहरूलाई हतियारहरूको साथ पक्राउ गऱ्यो। पक्रा परेका आतङ्कीहरूको पहिचान आज़माबादको तारिक शेख र चेम्बर गाउँको रियाज अहमदको रूपमा गरिएको छ।

पुलिसले बतायो, शेखको घरमा छापामारी गरी उसलाई र उसको सहयोगी अहमदलाई पक्राउ गरियो। सोधपुछपछि पुलिस टीमले शेखको जालिया गाउँमा भाड़ाको घरमा पनि छापा माऱ्यो र त्यहाँबाट दुई असोल्ट राइफल र केही कारतूस जफत गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande