श्रीनगर, 31 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम 'मन की बात' को 125औं एपिसोडमा बाढ़ी र घना भारी वर्षा जस्ता चुनौतीहरूको सामना गरेपनि खेल जगतमा नयाँ उपलब्धीहरू हासिल गर्नका लागि जम्मू-कश्मीरको सराहना गरेका छन्। पीएम मोदीले पुलवामाको पहिलो डे-नाइट क्रिकेट टूर्नामेन्ट र श्रीनगरको डल झीलमा ऐतिहासिक जल क्रीड़ा महोत्सवलाई यस क्षेत्रमा एथलेटिक्सप्रति बढ्दो उत्साहको ज्वलन्त उदाहरण बताए।
प्रधानमन्त्री मोदीले भने, रोयल प्रीमियर लीग (आरपीएल) र देशको पहिलो खेलो इण्डिया जल क्रीड़ा महोत्सवले कश्मीरलाई राष्ट्रिय खेल जगतको चर्चामा ल्याएको छ।
टूर्नामेन्टलाई प्राप्त अभूतपूर्व प्रतिक्रियाको सराहना गर्दै उनले भने, हजारौं मानिसहरू खासगरी युवाहरूले पुलवामामा दूधिया प्रकाशमा क्रिकेटको आनन्द लिइरहेका थिए, जुन देख्नलायक दृश्य थियो। केही वर्ष पहिलेसम्म यो असम्भव थियो तर अब जम्मू-कश्मीर समेत पूरा देश बदलीरहेको छ र विकासको नयाँ शिखरहरूलाई छोइरहेको छ।
प्रधानमन्त्रीले डल झीलमा आयोजित जल क्रीड़ा महोत्सवको पनि सराहना गरे, जहाँ देशभरिका 800 भन्दा धेरै एथलीटहरूले पुरूषहरू र महिलाहरूको लगभग समान भागीदारीको साथ विभिन्न स्पर्धाहरूमा भाग लिए। मध्य प्रदेश पदक तालिकामा शीर्षमा रह्यो त्यसछि हरियाणा र ओडिशाको स्थान रह्यो। लगभग दुई दर्जन टीम रहेको रोयल प्रीमियर लीट धेरै हप्तासम्म चल्नेछ, जसको ग्राण्ड फिनाले पनि दूधिया प्रकाशमा खेलिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी