नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। अमेरिकाको साथ टेरिफ विवादबीच प्रधानमन्त्री नरेन्द्र मोदीको चीन यात्राको कांग्रेस पार्टीले आलोचना गरेको छ। पार्टी प्रवक्ता जयराम रमेशले प्रधानमन्त्रीको चीनको राष्ट्रपति शी जिनपिङसित भेटमाथि प्रश्न खड़ा गर्दै भने, यस दौड़ाहको मूल्यांकन राष्ट्रिय सुरक्षा र आर्थिक हितहरूको सन्दर्भमा गरिनुपर्छ।
जयराम रमेशले आफ्नो एक्स पोस्टमा भनेका छन्, जून 2020 मा गलवान घाटीमा चीनी आक्रामकतामा 20 भारतीय सैनिकहरूले सर्वोच्च बलिदान दिएका थिए। तरैपनि 19 जून 2020 मा प्रधानमन्त्री मोदीले चीनलाई क्लीनचिट दिएका थिए। सीमामा यथास्थिति बहाल गर्नमा विफल रहेपनि सरकारले चीनको साथ समझौताको दिशामा कदम बढ़ाइरहेको छ, जसबाट बेजिङको आक्रामकतालाई अप्रत्यक्ष वैधता प्राप्त भइरहेको छ।
जयराम रमेशले यही साल 04 जुलाईमा उप सेना प्रमुख लेफ्टिनेन्ट जनरल राहुल सिंहको बयानको पनि उल्लेख गरे, जसमा उनले पाकिस्तान र चीनको मित्रतामाथि चेताउनी दिएका थिए। उनले भने, सरकार यस गम्भीर चुनौतीमा ठोस कदम उठाउनका सट्टा मौन बस्यो र अब चीनलाई राजकीय दौड़ाहहरूले पुरस्कृत गरिरहेको छ। उनले भने, चीनद्वारा यारलुंग त्संगपो नदीमा विशाल जलविद्युत परियोजनाको घोषणा भारतको उत्तर पूर्वी राज्यहरूका लागि गम्भीर खतरा हो तर केन्द्र सरकारले यस मुद्दामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
जयराम रमेशले भने, चीनबाट आयातको अनियन्त्रित डम्पिङले भारतीय सूक्ष्म, लघु र मध्यम उद्यम (एमएसएमई) एकाईहरू नकारात्मक रूपमा प्रभावित भएका छन्। अन्य देशहरू सरह कठोर प्रतिबन्ध लगाउका सट्टा भारतले चीनी आयातलाई खुल्ला छूट दिइराखेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी