नालन्दा, 31 अगस्त (हि.स.)। नालन्दा जिल्लाको सरमेरा थानाक्षेत्रको चुहरचक गाउँमा आइतवार बिहान अपराधीहरूले एक युवकको गोली दागेर हत्या गरेका छन्।
मृतकको पहिचान चुहरचक गाउँ निवासी बृजनन्दन यादवका छोरा शिशुपालको रूपमा गरिएको छ। घटनाक्रमको जानकारी दिँदै मृतकका पिताले बताए, आज आइतवार बिहान बाबू र छोरा सब्जीको बारीमा भीन्डी टिपिरहेका थिए कि गाउँकै शनि कुमार र श्रीराम आएर मेरो छोरालाई समातेर गोली दाग्न थाले र एक एक गरी उसको शरीरमा सात गोली दागियो, जसबाट उसको घटनास्थलमै मृत्यु भयो। जबसम्म मैले के बुझ्नसक्थे अपराधीहरूले घटनालाई परिणाम दिएर भागे।
उनले घटनाक्रमको जानकारी आफ्नो परिजनहरूका साथै सरमेरा थाना पुलिसलाई दिए। सरमेरा थाना पुलिस घटनास्थलमा पुगेर घटनाक्रमको जानकारी लिँदै अग्रिम कारबाहीमा जुटेको छ। शवलाई कब्जामा लिएर पोस्टमार्टमको निम्ति सदर अस्पताल बिहारशरीफ पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी