कोलकाता, 31 अगस्त (हि. स.)। शिक्षक भर्ती घोटालासितसम्बन्धित‘दागी’अर्थातअयोग्य शिक्षकहरूकोसूची एकपटक फेरि बाहिरिएको छ। गए शनिवार अबेर रातीस्कूल सर्बिस कमिशन (एसएससी)-लेसुप्रीम कोर्टकोदबावमाजुनसूची जारीगरेको थियो त्यसमा आइतवार भोर बिहान दुईजनाको नाम जोड़ियो। यसमा एउटा नाम उत्तर दिनाजपुरको चोपड़ाबाट तृणमूल कंग्रेस विधायक हमिदुल रहमानकी छोरी रोशना बेगमको रहेको छ।
रोशनाको नाम 2022सालमा पनि अयोग्य उम्मेद्वारहरूको सूचीमा अंकित थियो। वेबसाइटमा रोल नम्बर र विवरणसितै प्रकाशित सूचीमा उनलाई फेरि “अयोग्य” शिक्षकहरूकोश्रेणीमाचिन्हित गरिएको छ। रोशना कालीगञ्ज हाई स्कूलमा पढ़ाइरहेकी थिइन्।
यस सूचीमा विधायककी छोरी मात्र नभएर केही प्रभावशाली नेताहरूसित सम्बन्धित नाम पनि अंकित छ। यसमा सबैभन्दा प्रमुख छ, पूर्व मन्त्री परेश अधिकारीकी छोरीअंकिता अधिकारी। अंकिताकोनियुक्तिलाईपहिला नै2022सालमातत्कालीन कलकत्ता हाईकोर्टकाजज अभिजीत गांगुलीले रद्द गरिदिएका थिए। सुप्रीम कोर्टले पनि पछि उनको पक्षमा राहत दिनदेखि अस्वीकार गरेको थियो र उनको नियुक्तिलाई “सन्देहस्पद”बताएको थियो।
स्थानीय नेता एवंपरिषद सदस्यहरूको नाम-सूचीमातृणमूल कंग्रेसकोस्थानीय स्तरकाकेहीनेताहरूको नाम पनि सामेल छ जसमा पिंगलाको जलचक पञ्चायत क्षेत्रका तृणमूल क्षेत्रीय अध्यक्ष अजय माझी, पार्टीकी काउन्सिलर कुहेली घोष औप्रियंका मण्डलकोनामसामेल छ।
एसएससीद्वारा जारी यो सूची शिक्षक भर्ती घोटालामा तृणमूल कंग्रेसका वरिष्ठ नेताहरू तथा उनीहरूका परिवारहरूको संलिप्ततालाई एकपटक फेरि उजागार गर्दछ। सुप्रीम कोर्टको कड़ा कदमपछि आोगले यो सूची जारी गरेको हो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा