जौनपुर, 31 अगस्त (हि.स.)। उत्तर प्रदेशमा जौनपुर जिल्लाको खुटहन थाना पुलिस र स्वाट टीमले संयुक्त कारबाही गर्दै हिजो एउटा मोबाइल दोकानमा भएको चोरीको खुलासा गरेको छ। पुलिसले छह आरोपीलाई पक्राउ गरेको छ, जसमा एक आरोपी फरार छ।
पुलिस अधीक्षक (देहात) आतिश कुमार सिंहले आइतवार बताए, चोरहरूले 22 अगस्तको रात शिवम उपाध्यायको एसएस कम्युनिकेशनको मोबाइल दोकानको ताला तोड़ेर 19 मोबाइल फोन र नगदी चोरेका थिए। मामिलाको खुलासा गर्न एसओजी र क्राइम ब्राञ्चको टीमलाई खटाइयो।
आइतवार पुलिसले दोकानमा चोरी गर्नेहरूमा मुख्य आरोपी सचिन सिंह उसको साथी सरपतहा निवासी आकाश, आयुष गौतम र चोरी मोबाइल किन्नेहरूमा आजमगढ़ निवासी रूप नारायण, संदीप र विकासलाई सुइथाखुर्द पञ्चायत भवन निकट पक्राउ गरेको छ। एक आरोपी अन्धकारको फायदा उठाएऱ भाग्नमा सफल रह्यो। पुलिसले आरोपीहरूदेखि चोरीका 10 मोबाइल जफत गऱ्यो। यस बाहेक 3,180 रूपियाँ नगदी, एक मारतोल, रेती, छैनी र दुई मोटरसाइकल पनि जफत गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी