कोलकाता, 04 अगस्त (हि.स.)। बारुईपुर र मयनागुड़ी पश्चात अब मेदिनीपुर तथा उत्तर 24 परगनाका दुई वटा विधानसभा क्षेत्र क्रमैले नन्दकुमार र राजारहाट-गोपालपुरमा 102 जना जाली भोटर पाइएपछि चुनाउ आयोगले कड़ा कदम उठाएको छ। यस मामिलामा दुवै क्षेत्रका इलेक्ट्रोरल रजिस्ट्रेशन अफिसर (ईआरओ)-लाई राज्यका मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयमा बोलाइएको छ। सोमवार ईआरओसित जाँचबुझ हुनेछ।
चुनाउ आयोगको सूत्र अनुसार नन्दकुमार विधानसभा क्षेत्रमा 59 जना जाली भोटर अनि राजारहाट-गोपालपुरमा 43 जना जाली भोटरहरूको नाम पाइएको छ। आरोप छ, यी मामिलाहरूमा बूथ लेभल अफिसर (बीएलओ)- द्वारा कुनै पनि प्रकारको दस्तावेजी जाँच गरिएको थिएन। आयोगले यो पनि पाएको छ, सूचीमा जोड़िएका मतदाताहरूको सत्यापनको लागि बीएलओलाई पठाइएको थिएन।
यस्तो जालझेलको मामिलामा डाटा एन्ट्री अपरेटरहरूको भूमिका पनि संदिग्ध मानिँदैछ। आयोगले उनीहरूविरूद्ध एफआईआर दर्ता गराउने निर्णय लिएको छ। यसको साथै दुवै ईआरओमाथि शासनिक अनुशासन भंग गरेको आरोप लगाउँदै राष्ट्रिय चुनाउ आयोगमा सिकायत पठाइएको छ।
सबैभन्दा अचम्भको कुरा के छ भने यी दुवै ईआरओले कथित रूपमा आफ्नो लगिन आईडी र पासवर्ड साझा गरे जसबाट गलत ढंगमा नाम जोड़ियो। आयोगको मान्यता छ, जाली मतदाताहरूलाई सूचीमा जोड़्नमा यी अधिकारीहरूको संलिप्तता छ र यिनीहरूविरूद्ध कानूनी कारबाही गर्ने तयारी भइरहेको छ।
स्मरण गराइन्छ, यसपूर्व पनि बारुईपुर र मयनागुड़ीमा यस्तै प्रकारको मामिलाको खुलासा भएको थियो जहाँ ईआरओको भूमिकालाई लिएर प्रश्न उठेको थियो। चुनाउ आयोगले स्पष्ट पारेको छ, यदि जाँचमा लापरवाही वा साँठगाँठ रहेको साबित भयो भने कड़ा कारबाही गर्नदेखि पछि हटिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा