गान्तोक, 04 अगस्त (हि.स.)। भारत तिब्बत सहयोग मञ्चको तत्वावधानमा आज राजधानीको तादोङस्थित सरस्वती मन्दिर प्राङ्गणमा सावन संकल्प कार्यक्रम आयोजन गरियो। कार्यक्रममा राष्ट्रिय महिला विभागकी महासचिव राधा पाण्डे, महिला अध्यक्ष भक्ति शर्मा र महिला विभागकी महासचिव कृतिका शर्मा विशेष रूपमा उपस्थित थिए। यसैगरी, कार्यक्रममा प्रान्त अध्यक्ष बिरेन्द्र प्रसाद, राज्य सल्लाहकार प्रकाश शर्मा, महामन्त्री बसन्त गुरुङ, मुकेश पाण्डे तथा वरिष्ठ गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल