गुवाहाटीको पीवीआर सिनेमा हलको सीलिंग झऱ्यो, केही दर्शकहरू घाइते
गुवाहाटीको पीवीआर सिनेमा हलको सीलिंग झऱ्यो, केही दर्शकहरू घाइते


गुवाहाटी, 04 अगस्त (हि.स.)। गुवाहाटीको एक चर्चित सिनेमा हलमा त्यसबेला भागाभाग भयो जतिबेला फिल्म प्रदर्शन भइरहेको बेला अचानकको सीलिंग झऱ्यो। घटना गुवाहाटीस्थित पीवीआर सिनेमा हलमा भएको हो जहाँ महावतार नरसिंह फिल्म प्रदर्शन भइरहेको थियो।

प्रत्यक्षदर्शीहरू अनुसार फिल्म चलिरहेको थियो अचानक सिनेमा हलको छतको एक भाग झऱ्यो। यस दुर्घटनामा न्यूनतम तीनजना मानिसहरू घाइते भए। घटना भएको समयमा हलभित्र बाल-बालिकाहरू पनि थिए। घटनापछि दर्शकहरूमा भय व्याप्त भयो। तत्कालै फिल्मको स्क्रीनिंगलाई रोकियो अनि घाइतेहरूलाई अस्पतालमा पुऱ्याइयो। घटनापछि सिनेमा हललाई अस्थायी रूपमा बन्द गरिएको छ। प्रशासनको पक्षबाट जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande